नेपालमा थप ४३० मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो अवधिमा पाँच हजार ३०० जनाको स्वास्थ्य परीक्षण गर्दा १७७ महिला र २५३ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६५ हजार ६८९ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ३९० निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ५९ हजार ३५८ पुगेको छ । यसमा निको हुने दर ९७ दशमलव ६ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
अहिले देशभर चार हजार ४०८ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये २३७ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेसनमा छन् । हालसम्म १९ लाख ९२ हजार ८५५ को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसमा ११५ महिला र १४४ पुरुष रहेका छन् ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९३२पुगेको छ भने पछिल्लो २४ घण्टामा थप पाँचले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

सउल- दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...

काठमाडौं – पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ४४५ जना सङ्क्रमित थपिएका छन् । ...

सउल- दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा...

अध्ययन, रोजगार र सुखद भविष्य खोज्दै अहिले ग्लोबभरि छरिएका नेपालीहरू को इतिहास...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

देश लामो समय पछाडि राजनीतिक स्थिरतातिर उन्मुख हुँदै थियो । लोडसेडिङ्गको समस्या...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...