NAAकुरो ४० वर्ष अगाडिको हो, विदेश जाने भनेको त्यति बेला लाहुरे हुन जाने मात्र बुझिन्थ्यो । दौत्य सम्बन्ध स्थापना भएका देशहरूमा पनि नेपालीको संख्या निक्कै कम हुन्थे । त्यस ताका आवत–जावतका रुपमा बेलायत एउटा छुट्टै आकर्षण थियो । राणाहरूदेखि तत्कालिन राज परिवारका सदस्यहरू टाढाको विदेश भ्रमण रोज्नु पर्दा बेलायत नै रोजेको देखिन्छ । त्यो बाहेक बेलायतको उपनिवेश भएका देशहरूमा नेपालीहरू अझ भनुँ बेलायती सैनिकमा रहेकाहरू पुग्थे लामो–छोटो बसाइ सकेपछि कि त बेलायत वा सेवा अबधि पुगेकाहरू नेपाल नै फर्कन्थे । ग्लोबमा झन टाढा देखिने, अलिकति अपायक जस्तो देखिने अष्ट्रेलियामा त त्यसताका हिन्द महासागर पार गरेर आउने संख्या कति पो हुदों हो र, हो त्यहीताका अर्थात सन् १९७६ मा नेपालीहरूलाई संस्थागत डोरीले पहिलो पटक बाँधेर नेपालीहरूको संस्थागत उपस्थितिको रुपमा खुलेको थियो नेप्लिज अष्ट्रेलियन एसोसिएसन अर्थात् NAA ।

संस्थाको पहिलो अध्यक्ष थिए श्री गोबिन्द शाह । त्यस पछाडि अमृत तन्दुलकर लगतै गैर नेपाली मूलका डेल रोबिन्स र लियो लकमनले संस्थाको नेतृत्व सम्हाले । त्यसो त त्यस बेला संस्थामा नेपालीहरू भन्दा नेपाल र नेपालीहरूलाई माया गर्ने अष्ट्रेलियनहरूको ठूलो बाहुल्यता थियो । उनीहरू मध्ये धेरै नेपाल पुगेर आइसकेका नेपाल र नेपालीलाई चिनेका हाम्रा आनिबानिसँग परिचित हुन्थे । तत् पश्चात आहिले नेपाली समुदायमा देखिने पुराना अनुहार नारायण प्रधान, इन्द्र बन, पदम शाक्य, पुरन शायामी, शमशेर सिंह थापा, श्री नापित, बिबेक थापा लगायत धेरैले बिभिन्न काल खण्डमा यस संस्थाको अगुवाको भूमिका निभाएका छन् । ४० वर्षको पुरानो संस्थाको बर्तमान अध्क्षय बन्ने सौभाग्य उमेश पन्तले पाएका छन् । ४० औं साधारण सभा पश्चात उनले आफ्नो कार्यभार नयाँ टिमलाई सुम्पन्ने आशा लिएका छन् । त्यो बाहेक प्रकाश गुरुङ, मञ्जु शेरचन, महेन्द्र श्रेष्ठ संस्थासँग आबद्ध पुराना नाम हुन् भने चुडामणि बेलबासे, डा मधुसुदन पुडासैनी संस्थासंग अध्याबधि जोडिएका नामहरू हुन् । त्यो बाहेक चालीस वर्षको दौरान यस संस्था सँग निकट रहेका धेरै नामहरू छन् जुन यो सानो आलेखमा समेट्न असम्भब प्राय: छ ।

NAA40yrs

बितेका ४० वर्षमा नेपालीहरूको आगमनको बृद्ध र हाम्रो उपस्थितिको साक्षी बनेर यस संस्थाले नेपालीहरूको सहयोगी मात्र होइन विदेशबाट नेपाललाई गर्न सकिने र गरिएका थुप्रै सहयोगका उदाहरणहरूको इतिहास बनेको छ एनएए । साठीको दशकमा अष्ट्रेलियाले जब अस्वेत नीति अबलम्बन गर्यो त्यस पछाडि अन्य देशका आप्रबासीको संख्या ह्वात्त्त बढे पनि एसियन देशहरूबाट दक्ष आप्रबासीहरू आउने क्रम ८० को दशक मात्र देखिन्छ । त्यही सेरोफेरोमा सरकारी र गैर–सरकारी तबरले अष्ट्रेलिया घुम्न आउने, सरकारी सुबिधा वा आफ्नै खर्चमा अध्ययन र अन्य प्रयोजनका लागि आउने नेपालीहरूको संख्या पनि ८० को दशक पछाडि बिस्तारै बढ्दै गयो ।

सुन्दा दन्त्य कथा जस्तो लाग्ला आहिले, तर सत्य हो त्यो समय निक्कै कम नेपाली आइ पुग्थे यो कंगारुको देशमा । एयरपोर्टबाट ओर्लना साथ भाषा र नयाँ शहर सिड्नीमा केन्द्रित यो संस्थाका सदस्य धेरै पटक एयरपोर्ट पुगेका छन् अर्को व्यवस्था न हुदाँसम्म आफ्नै घर लगेर राखेका छन् यस्ता धेरै घटना र किस्साहरू छन् हामी सबै कि दिदी अगुवा इन्द्रा बन सँग । यसरी व्यक्तिगत होस या सरकारी भ्रमणमा आएकादेखि सगरमाथाको उचाइ नापेर आएका तेञ्जिङ्ग शेर्पा र सर एडमण्ड हिलारीसम्मलाई नेपाली पन र नेप्लित्वले स्वागत गरेको छ नेप्लिज अष्ट्रेलियन एसोसिएसनले ।

narayanअष्ट्रेलियामा नेपाली दूताबास स्थापना हुनु अगाडिका ३०/३२ वर्ष यस्ता कयौं अवसर र सुखद घटनाहरू छन् जसमा संस्थाले अभिभाबक मात्र होइन अष्ट्रेलियाका कुटनीतिज्ञ र सरकारी निकायमा अघोषित कुटनीतिक नियोगको भूमिका निभाएको छ । त्यतिमात्र होइन नेपालका ठूला–ठूला घटनामा समेत यो संस्थाले आव्हान गरे बमोजिम अष्ट्रेलियाका राजनीतिक दलका नेता, मन्त्री सांसद, सरकार एवं अन्य निकायका प्रतिनिधिहरू र नेपाल अनि नेपालीलाई माया गर्नेहरूको ठूलै जमघट हुने गर्दथ्यो सिड्नीमा यो बीच चाहे तत्कालिन राज परिवारका सदस्यहरूको भ्रमण होस् या उच्च सरकारी पदाधिकारीहरूको भ्रमण यी सबैमा संस्थाले खेलेको भूमिका उल्लेखेनीय छन् ।

तत्कालिन समयमा नेपालबाट बिभिन्न उदेश्यले अष्ट्रेलिया आउने नेपालीहरूलाई पूर्ण सहयोग गर्ने र अवैतनिक दूताबास वा दूतको रुपमा नेपालको स्वत:स्फूर्त प्रतिनिधित्व गर्ने संस्थाको प्रमुख उदेश्य रहेको र सोहि अनुसार धेरै कामहरू गरेको सम्झिञ्छिन संस्थाकी पूर्व अध्यक्ष इन्द्रा वन । संस्थालाई १२ वर्षसम्म नेतृत्व प्रदान गरेका डा. नारायण प्रधानका स्मरणमा पनि बिगतका यादहरू अझै ताजा छन् । १९७४ जनवरीमा स्थाई भिसा (आहिलेको पिआर ) लिएर अष्ट्रेलिया ओर्लिएका डा. प्रधान सम्भबत अष्ट्रेलिया माईग्रेट हुने प्रथम नेपाली परिवार होलान् । तत् पश्चात संधै यहाँको सामाजिक पक्ष सँग कुनै न कुनै रुपमा आबद्द प्रधानले १९८२ देखि १९९४ सम्म नेप्लिज अष्ट्रेलियन एसोसिएसनलाई नेतृत्व दिदै आए । सुरुको दिनहरूको स्मरण गर्दै प्रधान सम्झन्छन त्यति बेला नेपालीको संख्या निक्कै कम थियो, सबै चाडपर्ब एकै ठाउमा जम्मा भएर मनाइने गरिन्थ्यो, कयौं पटक आफ्नै घरमा सबैलाई जम्मा गरेर उनले दसैंको टिका लागाएका छन्, तिहार र नयाँ वर्ष मनाएका छन् । त्यो बाहेक त्यति बेला केहि नेपाली क्यन्बेरा र केहि सिड्नीमा रहेकाले दुबैको बीच ठाउँ रोजेर संस्था कै समन्यवयमा पिकनिक र भेटघाट गरिन्थ्यो जुन करिब ६/७ वर्षसम्म रह्यो । त्यो बाहेक संस्थाले त्यति बेला सुरु गरेको नेपाल आँखा कार्यक्रम अन्तोत्गत्वा तिलगंगा आँखा अस्पतालको रुपमा आहिले रहेकोमा पनि उनी गर्ब गर्छन । त्यस बाहेक नेपालका धेरै पाहुनालाई एयरपोर्ट लिन जाने घुमाउने अवसर पाएका प्रधानलाई १९८२ मा पूर्व प्रधानमन्त्री तथा तत्कालिन नेपाली कांग्रेसका नेता स्व बि पि कोइरालालाई र १९८४ स्व राजा बिरेन्द्र शाहलाई अष्ट्रेलियामा आफूले प्रदान गरेको अथित्यता उनी कहिल्यै बिर्सन सक्दैनन् ।

purnaaaत्यस्तै कयौं सम्झनाका तरेलीहरू छन् पुरन शयामी र पदम शाक्यसंग पनि । संस्थासँग आबद्धता पछाडि ठूलो पारिबारिक वातावरण मिलेको उनको अनुभब छ । संस्थासंग अष्ट्रेलिया आए लगतै आबद्ध मञ्जु शेरचनका लागि पनि परिवार भनेकै संस्थाका साथीहरू थिए ।

अष्ट्रेलिया उच्च अध्ययन गर्न चाहने बिश्व भरका बिद्यार्थीहरूका लागि आकर्षणको देश हो । त्यसमा पनि जोन हवार्डको सरकारले सुरु गरेको दक्ष जनशक्तिका लागि स्थाई भिसा (पर्मानेन्ट रेसिडेण्ट ) पश्चात त झन् यो बिश्व भरका दक्ष र अर्ध दक्ष जनशक्तिको लागि पहिलो छनोट नै बन्यो । त्यस कित्ताका नेपालीहरूले पनि निकै फाइदा उठाए र अष्ट्रेलियालाई स्थाई घरको रुपमा रोजे । त्यही सेरोफेरोमा नेपालमा प्रजातन्त्र पुन:स्थापना पश्चात ९० को दशक र २००० को दशकमा त झन् हजारांै बिद्यार्थीहरू अध्ययनको सिलसिलामा अष्ट्रेलिया आइपुगे । यो वा त्यो कुनै न कुनै तबरले नेप्लिज अष्ट्रेलियन एसोसिएसन सबैको सहयोगी बनि रह्यो । अष्ट्रेलियाको अध्यागमन सूचकमा ठाडै उकालो लागेको नेपालीको संख्याबीच संस्थाले विविध सामाजिक परोपकारी कार्यहरूको आयोजना गर्दै नेपाली समुदायसंग आफ्नो सामिप्यतालाई कहिल्यै टाढा हुन दिएन । त्यसको अलावा भर्खरै आएका मात्र होइन अध्ययन सकेर जागिर खोज्दै गरेकाहरूलाई पनि संस्थाले संबभत पहिलो पटक जागिर कसरि खोज्ने भन्ने किसिमबाट सिड्नीमा Job Search Interactive Program पनि गर्यो जहाँ धेरै नेपालीहरू लाभान्वित बने । संस्थाको सुरुवनती दिनदेखि आजसम्म संस्था संधै २ कदम अगाडि बढेर र यहाँ र नेपालमा विविध परोपकारी कार्यहरू गर्न सफल बन्यो यस बीचमा नेपाली समुदायमा कयांै घटनाहरू घटे प्रत्येक मर्दा–पर्दाका घटनामा नेप्लिज अष्ट्रेलियन एसोसिएसनले सक्रिय भूमिका निभाई रह्यो । आजभोलि हप्ता कै २/३ वटा कार्यक्रम संचालन भइ रहदा संस्था स्थापनाबाटै सक्रिय पदम शाक्य सम्झन्छन् नेपाली कलाकारहरूलाई अष्ट्रेलिया बोलाउने र यहाँ नेपाली कला संस्कृतिको विस्तार गर्ने पहिलो कदम या पहिलो इट्टा संस्थाले नै राखेको थियो ।puran shayami

हामी हाम्रा समस्या र आफ्नो सबालमा सवल छौ ।  यहाँ रहेका संस्थाले गर्न सक्ने ठुलो र प्रमुख काम नेपालको लागि परोपकारिता नै हो । यसैलाई केन्द्र मानेर संस्थाले आहिले बिभिन्न परोपकारी कार्यहरुमा सक्रिय सहभागिता जनाएको छ ।  हाल यसको जिम्मेवारी च्यारेटी संयोजकको रुपमा डा. मधु पुडाशैनीले लिएका छन् ।  त्यसै गरि लामो समय संस्था को हिसाब किताब दुरुस्त राख्दै संस्था मा सधै सक्रिय देखिन्छन बर्तमान कोषाधक्क्षय चुडामणि बेलबासे ।

यसरी चालीस वर्षको इतिहास थामेको र अष्ट्रेलियाको नेपाली समाजमा चार दशक अघिदेखि निरन्तर सकृय नेप्लिज अष्ट्रेलियन एसोसियसन हामी प्रबासी नेपालीको लामो ईतिहासको बिरासत थाम्दै निरन्तर नेपालीको गौरब र पहिचानका लागि अहिलेसम्म पनि लागिपरेको छ । अन्तिमका वर्षहरूमा यहाँको नेपाली समुदायमा बाल प्रतिभा पहिचान गरि उनीहरूलाई प्रोत्साहन गर्ने र नेपालको लागि एक परिवार एक बच्चा स्पोन्सर कार्यक्रमको जति प्रशंसा गरे पनि कमै हुन जान्छ । हुन त आहिले यहाँको हाम्रो समुदायमा संस्थाहरूको कमि छैन तै पनि नेप्लिज अष्ट्रेलियन एसोसिएसन जस्तो संस्थाको त्यस्ता कयौं कुराहरू छन् जुन संस्थाको इतिहास बनेर बसेको मात्र छैन आहिले खुलेका नेपाली समुदायका संस्थाहरूलाई कुनै न कुनै रुपबाट मार्ग दर्शक समेत बनेको छ ।

NAAको ४० औं वार्षिकोत्सवको अवसरमा

उमेश पन्त अध्यक्ष २०१४–१६

umeshअष्ट्रेलियामा रहेको एक जेठो संस्था नेप्लिज अष्ट्रेलियन एसोसिएसन (NAA)  को अध्यक्षमा रही नेपाली समाजको सेवा गर्न पाउनु मेरोलागि एक गौरवमय क्षणको रुपमा लिएको छु । जसमा सरसल्लाह सुझाव साथै प्रेरणा दिनुहुने सम्पूर्ण अग्रजहरू, निवर्तमान अध्यक्ष ज्यूहरू साथै अन्य महानुभाबहरू जसले एनएएको स्थापना कालदेखि यस संस्थालाई जगेर्ना गर्नु भएको छ र मार्गदर्शन दिनुहुने सम्पूर्णमा मेरो व्यक्तिगत साथै संस्थाको तर्फबाट धेरै–धेरै आभार व्यक्त गर्दछु ।

विगत चालीस वर्षदेखि जसरी यो संस्थाले नेपालीबीच एक भातृत्वको विकास गर्दै विदेशमा एकअर्का प्रति सहयोगी हातहरू जोडाउन प्रोत्साहित गरेको छ । त्यसै गरी नेपालीमा रहेको आफ्नो पन, कला संस्कृतिलाई विदेशमा विउँझाउँदै विदेशमा रहेका स–साना बालबच्चाहरूमा सम्प्रेशित गरिरहेको छ । जसको उदाहरण हो चिल्र्डेन्स ट्यालेन्ट नाइट (Childrens Telant Night) त्यतिमात्र नभई नेपालमा रहेका अझ भन्नु पर्दा हिमाली भेगका बालबच्चाहरूलाई शिक्षा प्रदान गरी उनीहरूमा रहेको प्रतिभाहरूलाई प्रष्फुटन गर्दै भविष्यमा आत्मनिर्भर रहुन भन्ने उद्देश्यले एनएए द्धारा वन फेमिली वन चाइल्ड स्पोन्सरसिप प्रोग्राम पनि नियमित रुपमा संचालन भइरहेको छ । एनएएले विगत दुई वर्षदेखि युवाहरूलाई प्रोत्साहित गर्दै समाजसेवामा अग्रसरता दिलाउन कोशिस गरिरहेको छ । त्यसैगरी नयाँ पुस्ताहरूमा नेतृत्व विकास गर्दै भावी पुस्ताहरूमा हस्तान्तरण गर्नका निम्ति नेपाली मूलका युवाहरू, विद्यार्थी र भरखरै नेपालबाट आउने सम्पूर्ण नेपाली समाजको दायित्वबोध गराउनु पनि एनएएको उद्देश्य भित्र पदर्छ । यी सबै कुराहरूलाई व्यवहारिक बनाउनु भनेको एक व्याक्तिको मात्र नभएर सम्पूर्णको प्रयास रहनु पर्दछ जुन क्षणिक नभइ भविष्यसम्म निरन्तर चलिरहनु पर्दछ । एनएएको प्रायास पनि यही हो । यो हामी सबैको उत्तरदायित्व हो । एक संस्था जहाँ सबैले एक अर्काप्रति सदभाव र आदार प्रकट गरुन् । त्यसै गरी आत्मियताको डोरी सदैब कसिलो रहन र एकले अर्कोलाई पर्दा सहयोगी हातहरू बढी रहुन् । हामी एकै भाषा, मूल्य र मान्यता लिएर अघि बढे पक्कै पनि एक उद्देश्य प्राप्ति गर्ने छौं । व्याक्तिगत रुपमा म जहिलेपनि एनएएको विकासका निम्ति लागिरहने छु ।

एनएएको चालीसऔं वार्षिकोत्सबको अवसरमा केही शब्द राख्न पाउनु मेरोलागि अति नै खुसीको कुरा हो । यस संस्थाले सम्पूर्ण नेपालीहरूमा एकअर्का प्रतिको सदभावलाई निरन्तरता दिनमा ठूलो टेवा पुऱ्याएको छ । जसकोलागि सम्पूर्ण अग्रज र प्रत्येक एनएएका सदस्यहरूलाई धन्यबाद नदिइरहन सक्दिन्न । एनएए जुन संस्था नेपालहिरूका निम्ति सेवा गर्न पूर्ण रुपमा लागि परेको छ जसले सबैमा सकरात्मक सोंचका साथै सकरात्मक सन्देश पुऱ्याएको छ । एनएए विश्वस्त छ कि सम्पूर्ण समस्याहरू जो अथक प्रयास गरिरहनु भो र गरिरहनु भएको छ । नेपाली पन विदेशमा जिवित राख्न उहाँहरू प्रति सम्मान छ । एनएएको स्थापना कालदेखि विभिन्न स्थानमा रहेका नेपालीहरूलाई एक स्थल भेलागरी नेपाली कला संस्कृतिको सम्झना गराउँदै नवपुस्तामा हस्तान्तरण गर्नु पनि एक उदारणीय कार्य हो जुन एक उदाहरण पनि बन्न पुगेको छ ।

चार दशकपछि फर्केर हेर्नुपर्दा जव एनएए १९७६ मा स्थापना भयो त्यसबेला नेपालीहरूको निम्ति एक एम्बेसी जस्तो नै भएको थियो । जहाँ भरखरै अष्ट्रेलिया आउनु भएका नेपालीहरूको पहिलो घर नै भनेपनि त्यति फरक नपर्ला । त्यस्तै बनेको थियो जहाँ विभिन्न जानकारीहरू प्राप्त गर्न सक्नु हुन्थ्यो । त्यति मात्र नभएर एनएएले आफ्नो क्षेत्रलाई अझ विस्तार गर्दै दोस्रो पुस्ताको प्रतिभाहरूलाई प्रस्फुटन गरि अघि बढ्न टेवा पुऱ्याएको छ । भर्खरै २०१५मा एनएएद्धारा अष्ट्रेलियन डलर ४५००० संकलन गर्न सक्षम रह्यो । जुन रकम नेपालमा भूकम्पले प्रभावित रहेका स्कुलहरूमा पून:निर्माणका निम्ति प्रयोगमा छ । यो वास्तवमा रकम संकलन मात्रै नभएर एक पुस्ताको निम्ति बनाएको चौतारी हो । जहाँ भोलि गएर हजारौं बालबालिकाहरूको भविष्य निर्माणमा टेवा पुऱ्याउँछ । त्यसैगरी २००६ मा एनएएद्धारा साना बालबच्चाहरूका लागि स्पोन्सरसीपको अवधारणा आएको थियो । जुन २०१० मा आएर पाँचजना विद्यार्थीहरूका निम्ति पहिलो पटक सफल भयो । वन फेमिली वन चाइल स्पोन्सरसीप प्रोग्रामको अवधारणा थिए । जसले नेपालमा रहेको बालबालिकालाई एसएलसीसम्म शिक्षा प्रदान गर्नमा आर्थिक रुपमा सहयोग गर्दछ । एनएएको सम्पूर्ण पदाधिकारीहरूमार्फत अझ यो प्रोजेक्टलाई विस्तार गर्ने क्रममा २०१४ मा अष्ट्रेलियन हिमालयन फाउन्डेसन (एएचएफ) सँगको सहयोगमा हिमाली भेगका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले नेपालमा सञ्चालन भइरहेको छ । जसको फलस्वरुप गत वर्ष २५ जना बालबालिकाहरूले यसको सुविधा पाइरहेका छन् । प्रत्येक विद्यार्थीका निम्ति अष्ट्रेलियन डलर १०० निर्धारण गरिएको छ । जसले उनीहरूका अभिभावकहरूलाई पनि एक प्रेरणा मिल्दछ भने साथसाथै बालबालिकाहरूले पनि किताव कलमको अभावमा विद्यालय नै जान नपाउने स्थिति रहदैन । अष्ट्रेलियामा रहनु भएका जो कोहिले पनि यो प्रोजेक्टलाई सहयोग गर्न सक्नु हुनेछ । जस्तो की प्रत्येक वर्ष स्पोन्सर गरेर अथवा क्वाइन बक्समा डोनेट गरेर एनएएले आउँदो २ वर्ष भित्रमा ३०० जना विद्यार्थीहरूलाई स्पोन्सर गर्ने उद्देश्य लिएको छ । त्यसकारण एनएएको यो ४० औं वर्षको अवसरमा सम्पूर्णमा अनुरोधका साथ सहभागी हुन आग्रह गर्दछु । धन्यवाद ।

Remembering 40 years of NAA

Indra Ban

indraIt was way back in the 1970 s when the Nepalese community in Sydney first felt the need of a common platform to meet and interact. At the time, the Nepali community consisted merely of one migrant and four international students studying in Sydney university and in the university of New South Wales.

One of the students under scholarship and studying in the Sydney university in 1976, Shree Govinda Shaha, was instrumental and the driving force behind initiating  the idea of a Nepalese Association. The idea materialized with the support of a few other Nepalese students studying in Sydney university at the time and the first Nepalese Australian Association was formed in Sydney in 1976.

A lot of passionate Australian students and well-wishers also helped the Association assume its final shape. They along with the Nepalese students played an active part in pushing the Association forward.

The Nepalese Australian Association then was established  with two main objectives.

  1. a) To assist Nepalese of Nepali origin on their arrival in Sydney.
  2. b) To promote Nepal and provide information to Australians wanting to visit Nepal.

In the absence of a formal diplomatic mission at the time, the Nepalese Australian Association also acted as an unofficial Ambassador between Nepal and Australia. For instance it was an honor for the Association to have the late Tenzing Norge Sherpa and the late Sir Edmund Hillary at the very first luncheon programme organized by the Nepalese Australian Association. They were famous and well known personalities for being the first mountaineers to reach the summit of Mt. Everest the highest point on earth.

True to its objectives, the Association began to assist the newly arrived short term Nepali visitors and migrants to settle in Australia.

The Association also organized Nepalese functions and festivals and Australian members of the Association reciprocated by introducing the Nepalese to Australian culture. Such activities helped to share each other’s cultural heritage and festivities.

Some of the promotional activities organized by the Association

– A Nepalese Night attended by some 450 people and in which a senator represented the Immigration Minister as the Chief Guest for the occasion.

– Nepalese Night of music and dance competition participated in by 50 local artists and attended by the Nepalese Consulate and approximately 600 people.

– A reception in honor of His Royal Highness Crown Prince Dipendra Bir Bikram Shahdev and the Olympic team. About 500 people attended.

– Held a memorial service at Hyde Park for those killed in the Royal Massacre.

– Provided information on matters relating to Nepal to diverse assorted bodies of the government, legal departments, business communities tourists, radio a n TV etc. for building up Nepal’s profile.

– Exhibited Nepalese artifacts at the fountain foyer  when invited by the Deepavali Festival Committee to celebrate the Festival of Lights.

– wrote support letters, translated documents, and provided humanitarian assistance to the Nepalese Community in Sydney.

On looking back now after 40 years, the Nepalese diaspora here has grown in size. With the changing times the Association has also taken up further responsibilities in social and humanitarian activities. With the importance of education in mind, the Association has taken up the following

  1. One Family one Child sponsorship project in which the Nepalese Australian Association sponsors one child in a family through school (up to class ten.)
  1. Empowering the second generation of Talent Night participated in by children, to encourage diverse participation.

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार