Parliament

काठमाडौं— नेपाली कांग्रेसले बिहिबार संसद वैठक अवरुद्ध गरेको छ । भूकम्पपीडितलाई दिने २ लाख सहायता आफू निकटलाई मात्रै वितरण गरिएको आरोप लगाउँदै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बिहीवारको संसद बैठक स्थगित भएको हो । सरकारले भूकम्पपीडितलाई दिने रकम आफूखुसी वितरण गरेको भन्दै कांग्रेस सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।
कांग्रेसको अवरोधपछि सभामुख ओनसरी घर्तीले भोलि शुक्रवार ११ बजेसम्मका लागि संसद वैठक स्थगित गर्नु भएको हो । यसअघि कांग्रेसले संसद अवरोध गर्ने जानकारी पाएपछि कानुनमन्त्री अग्नि खरेलले कांग्रेस सभापति शेरबहादुर देउवासंग छलफल गर्नु भएको थियो । देउवासंगको भेटमा खरेलले सभामुखले रुलिङ गरे अनुसार शुक्रवार सरकारले भूकम्पपीडितका लागि अहिलेसम्म बाँडेको सहायता र पुनर्निर्माणमा अहिलेसम्म भएका कामको सम्पूर्ण विवरण सदनसमक्ष पेश गर्ने वताउादै सदन अवरुद्ध नगर्न आग्रह गर्नु भएको थियो ।
‘पुनर्निर्माण प्राधिकरणले अहिलेसम्म के के काम गर्यो, कसरी काम भइरहेको छ त्यसको सम्पूर्ण विवरण भोलिको संसद बैठकमा पेश गर्ने कार्यक्रम छ सदन अवरोध नगर्नुस् भनेँ’ देउवासंगको संवाद उद्धृत गर्दै मन्त्री खरेलले सञ्चारकर्मीस्रग भन्नुभयो—‘उहाँले सदन अवरोध नगर्न मान्नु भएन ।’
सभामुख ओनसरी घर्तीले पुनर्निर्माणमा भएको सम्पूर्ण कामको विवरण सदनलाई जानकारी गराउनु भने अनुरुप सरकारले त्यसको तयारी गरेको भनाइ मन्त्री खरेलको छ ।
संसद वैठक अवरोध भएपछि सत्तापक्षीय सांसदहरुले भने पुनर्निर्माणमा पक्षपात मात्रै भयो भन्ने तर विवरण नसुन्ने र विवरणलाई वास्ता नगर्ने जिम्मेवारी व्यवहार नभएको प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

समानुपातिकको मतगणना जारी

/बिहि, मंसिर २८, २०७४