new ministers

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

साना दलबाट ३ जना मन्त्री थपेर प्रधानमन्त्री दाहालले सरकार विस्तार गर्नुभएको हो ।

थपिएका मन्त्रीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा र बिक्रम पाण्डे र नेकपा संयुक्तका जलदेव जोशी हुनुहुन्छ ।

नवनियुक्त मन्त्रीहरुले आज सोमबार साँझ शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

मन्त्रीहरुको विभागीय जिम्मेवारी तोकिएको छैन ।

प्रधानमन्त्रीको सपथ लिएलगत्तै प्रधानमन्त्री दाहालले कंग्रेसका २ र माओबादी केन्द्रका ३ जनालाई समावेश गर्दै ६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

समानुपातिकको मतगणना जारी

/बिहि, मंसिर २८, २०७४