Nayan Singhकाठमाडौं- नेविसंघ सभापतिमा नैनसिंह महर विजयी भएका छन् । हिजो बुधवार दिनभरी तथा रातभरी सञ्चालन भएको निर्वाचन आज विहान सम्पन्न भएको हो ।

निर्वाचनको मतपरिणाम अनुसार ४२ वर्षीय महरले १४३५ मत प्राप्त गरी विजयी भएका हुन् । महरलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन थियो ।

महरका निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३१६ मत प्राप्त गरेका छन् । महामन्त्री पदमा पनि महर समूहकै कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् ।

उपाध्यक्षमा १ नम्बर प्रदेशबाट विकास केसी, २ नम्बरबाट सञ्जय यादव, ४ नम्बरबाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार