डिआईजी सिलवाल पुनः सर्वोच्चमा

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, चैत्र २९, २०७३

काठमाडौं– प्रहरी नायव महानिरीक्षक (डिआईजी) नवराज सिलवाल प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको बदर गर्न माग गर्दै पुनः सर्वोच्च अदालत पुगेका छन् । सिलवालले आईजीपीमा प्रकाश अर्याललाई गरेको नियुक्ति बदर गर्न माग गर्दै रिट दर्ता गरेका हुन् ।
सरकारले हिजो आईजीपीमा डिआईजी प्रकाश अर्याललाई नियुक्त गरेको थियो । उनलाई हिजो राति नै महानिरीक्षकको दज्र्यानी चिह्न प्रदान गरिएको थियो भने हिजैै अर्यालले पदभार ग्रहण गरेका थिए । सिलवालले सरकारले गरेको कार्यसम्पादन मूल्यांकनमासमेत असन्तुष्टी जनाएका छन् । यसअघि सरकारले गत १ फागुनमा डिआईजी जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गरेको थियो । चन्दलाई वरियताक्रम मिचेर नियुक्ति दिइएको भन्दै डिआईजी सिलवालले नै सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।