काठमाडौं महानगरपालिकाको पछिल्लो परिणाम

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, जेष्ठ ३, २०७४

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य १३ सय ८६ मतसहित अगाडि छन् । उनलाई कांग्रेसका राजुराज जोशीले ८ सय ७५ मतका साथ पछ्याइ रहेका छन् ।
यस्तै विवेकशील नेपालीकी रञ्जु न्यौपाने ६ सय ८३ र साझा पार्टीका किशोर थापाले ५ सय १८ मत ल्याएका छन् । उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्कीको ११ सय ७६ मत आएको छ ।
एमाले र राप्रपाको तालमेल भएको उपमेयरमा राप्रपाका राजाराम श्रेष्ठले ८ सय ९८ मत ल्याएका छन् ।