एनआरएनए अस्ट्रेलिया अधिबेशनको तयारीमा 

  • नेतृत्वका लागि निर्बाचन जुलाई ८ मा र सातौ अधिबेशन २२ जुलाईका दिन कुईन्स्ल्यण्डमा हुने 

  • एनआरएनए अस्ट्रेलिया बिधिबत रुपमा नयाँ नेतृत्व चयन र अधिबेशनको प्रकृयामा गएको छ । २१ मे का दिन बसेको एनआरएनए अस्ट्रेलियाको कार्यसमितिको पूर्ण बैठकले अधिबेशनको मिति तथा स्थान तय गर्दै सम्पूर्ण अस्ट्रेलियाबासी एनआरएनएका सदस्यहरुलाई अधिबेशन र नयाँ नेतृत्व छान्ने प्रकृयामा सदा झैँ सहभागी हुन अनुरोध गरेको एनआरएनए अस्ट्रेलियाका प्रबक्ता डा ज्ञानेन्द्र रेग्मीले एक प्रेस बक्तब्य जारि गरि बताएका छन् ।  प्रबक्ता रेग्मीका अनुसार सम्पन्न  बैठकले बिभिन्न समसामायिक बिषयमा छलफल गरेको छ जस अनुसार पहिलो पटक एनआरएनए अस्ट्रेलियाको बार्षिक साधारण सभा एबम सातौ अधिबेशन ब्रिसबेनमा २२ जुलाईका दिन गर्ने निर्णय गरेको छ ।
    यस अगाडी नै निर्धारण गरिएको जुलाई ८ को निर्बाचन सम्पन्न भइ सके पश्चात कार्यसमितिको पदभार हस्तान्तरण सहित बार्षिक साधारण सभा कुईन्स्ल्यण्डमा हुने निर्णय गरेको हो । त्यसैगरी बैठकले अबको चुनाब निर्बाचन समतिको निर्णयलाई सदर गर्दै बिधुतिय प्रबिधिबाट गरिने र त्यसको लागि निर्बाचन समितिलाई आवश्यक पर्ने सबै सहयोग गर्ने पनि निर्णय गरेको छ।
    संस्थाको सदस्य संख्यामा अन्तिम समयमाआएको एक्कासी बढोत्तरी र यसले समुदायमा उठेका बिबिध प्रश्नहरु जुन समुदायका सदस्यहरु ले एनआरएनए मार्फत र अन्य बिभिन्न सामाजिक संजाल मार्फत उठाएका छन् ।  यसरी उठेका बिबिध प्रश्न, सदस्य बन्ने प्रकृया र सम्भावित अनियमितता बारे जांच बुझ गर्दै सम्बद्द सबै पक्ष सँग कुराकानी गर्न बैठकले एनआरएनए अस्ट्रेलियाका अध्क्षय सुरेन्द्र सिग्देल सहित, एनआरएनए एनएसडब्लु को-अर्डिनेटर दिनेश पोख्रेल र एनआरएनए अस्ट्रेलियाका पब्लिक अफिसर समिम अनवरको संयोजकत्वमा एक समित गठन गरेको छ।  आबश्यकता अनुसार यस समितिमा सदस्य थप्न सकिने ब्यबस्था पनि गरिएको प्रबक्ताद्वारा जारि बक्तब्यमा जनाइएको छ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    घट्ने भयो आर्थिक वृद्धिदर

    /मङ्ल, बैशाख ४, २०७५