नेपाली कांग्रेसको १३ औं महाधिवेशनको खुला तथा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यहरुको मतगणना भोलि सकिने भएको छ।
कांग्रेस कार्यालय सचिव प्रदीप पराजुलीका अनुसार भोलि यी दुई समूहको मतगणना सकिएपछि सम्पूर्ण मतगणना पुरा हुने छ।
कुल खसेको ३१४८ मतमध्ये आज प्रदेश तर्फको १४०० र खुला तर्फको २७५० मत गणना गरेपछि स्थगित गरिएको उनले जानकारी दिए।
महाधिवेशन २० गते सुरु भएको हो।
अहिलेसम्म पदाधिकारी एवम् मुस्लिम,दलित, आदिवासी जनजाति, महिला र मधेसीतर्फका केन्द्रीय सदस्यको मतगणना भने यसअघि नै सकिएको छ

९० जनाको उम्मेदवारी परेको यो समूहबाट २५ जना विजयी हुनेछन्। २७५० मत गणना गर्दा धेरै मत प्राप्त गर्ने २५ जना उम्मेदवारको नाम यसप्रकार छ:

१ शेखर कोइराला १६१५
२ खुम बहादुर खड्का १६०८
३ प्रकाशमान सिंह १५७५
४ कुल बहादुर गुरुङ १५४७
५ प्रदीप पौडेल १५०६
६ प्रदीप गिरि १५०२
७ धनराज गुरुङ १४९८
८ रमेश लेखक १४७९
९ बालकृष्ण खाँड १४८०
१० पूर्ण बहादुर खड्का १४७७
११ महेश आचार्य १४६५
१२ बल बहादुर केसी १४६३
१३ विमलेन्द्र निधी १४५४
१४ रामशरण महत १४२५
१५ सुजाता कोइराला १४१६
१६ विश्वप्रकाश शर्मा १४१३
१७ शंकर भण्डारी १३५४
१८ एन पी साउद १३४३
१९ बद्री पाण्डे १३१९
२० गोपालमान श्रेष्ठ १३०८
२१ ज्ञानेन्द्र बहादुर कार्की १३००
२२ चन्द्र भण्डारी १२९५
२३ प्रकाशशरण महत १२९२
२४ नारायण खड्का १२७९
२५ मिनेन्द्र रिजाल १२६१

नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यको १४०० मत गणना भएको छ।
बाँकी मत सोमबार गणना गरिने छ।

प्रदेश नम्बर १
गुरुराज घिमिरे ६०३
भिष्मराज आङदाम्बे ५३७
अमृत अर्याल ५०७

प्रदेश नम्बर २
आनन्दप्रसाद ढुंगाना ६५६
रमेश रिजाल ६३४
तेजुलाल चौधरी ५२५

प्रदेश नम्बर ३
नविन्द्रराज जोशी ५७३
मोहन बहादुर बस्नेत ४७९
रामनाथ अधिकारी ४०६

प्रदेश नम्बर ४
गोबिन्द भट्टराई ५९४
सुरेन्द्र पाण्डे ५५५
अर्जुन जोशी ५३२
देवराज चालिसे ४९८

प्रदेश नम्बर ५
दीपक गिरी ६५८
देवेन्द्र राज कँडेल ५७६
भरतकुमार साह ५३७

प्रदेश नम्बर ६
ह्रदयराम थानी ७३६
जीवन बहादुर शाही ६६६
गोपालजी जंग शाह ६२४

प्रदेश नम्बर ७
दिलेन्द्र बडु ७१५
वीरबहादुर बलायर ६२३
बहादुर सिंह थापा ४५७

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार