राष्ट्रपतिद्वारा सरकार गठन गर्न आह्वान

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, जेष्ठ १२, २०७४

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि राजनीतिक दलहरुलाई आह्वान गर्नु भएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा २९८ को उपधारा २ बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्‌को गठन गर्न व्यवस्थापिका(संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गर्नु भएको हो ।
सातदिन भित्र सहमतिको आधारमा प्रधानमन्त्री चयन हुन नसके मात्रै बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि पदबाट राजीनामा दिनु भएको थियो ।