एमाओवादी सांसद लामा गोलीसहित पक्राउ, ५ दिन थुन्न आदेश

पटकपटक विवादमा आउने गरेका एमाओवादी सांसद ल्यारक्याल लामा फेरी हतियार दुरुपयोगमा पक्राउ परेका छन । एकीकृत नेकपा माओवादी विवादास्पद सांसद ल्हाक्याल लामा १४ थान गोलीसहित पक्राउ परेका छन् । लगतै प्रहरीले उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौमा उपस्थित गराएर पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ ।
अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको थियो ।
छानविनकै क्रममा आइतबार दरवारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकर खोल्दा १४ थान गोली भेटिएको अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले बताए । उनले भने, ‘बैंकमा रहेको लकर खोल्न ल्हाक्याललाई अख्तियारमा बोलाइएको थियो । तर, बैंकमा पुगेर उनको नाममा रहेको लकर खोल्दा सुनचाँदीको साटो गोली फेला पर्यो ।’
गोली फेला पर्न साथ अख्तियारको टोलीले साथमै रहेका लामालाई दरबारमार्गस्थित प्रहरी कार्यालयमा जिम्मा लगाएको छ । लगतै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौं लगिएको थियो । प्रहरीले हातहतियार खरखजना ऐन अन्तरगत मुद्धा चलाउन अनुसन्धानका लागि १० दिन म्याद माग गरेको थियो । प्रशासनले ५ दिन म्याद दिएको प्रशाशकीय अधिृकत कृष्ण गैह्रेले जानकारी दिए ।
फौजदारी अभियोग लाग्नासाथ सांसद पद स्वत. निलम्बन हुने कानुनी व्यवस्था छ ।

काठमाडौं- लोक आधुनिक शैलीको नृत्यपरक गीत ‘ओ नारान…’ को म्युजिक भिडियो शुक्रवार...

काठमाण्डौ- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिंगतर्फ शुक्रबार भएको पहिलो दिनको खेलमा...

काठमाडौं– नेपाल भ्रमण वर्ष सफल बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले...

काठमाडौँ- गौरिका सिंहले पौडीको २ सय मिटर फ्रिस्टाइलमा बिहीबार ऐतिहासिक स्वर्ण हात पारेकी...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन...