काठमाडौं–निजगढ फास्ट ट्रयाकको शिलान्यास

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, जेष्ठ १४, २०७४

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं–निजगढ फास्ट ट्रयाकको शिलान्यास गर्नु भएको छ । आज आइतबार बिहान बाराको निजगढमा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीले काठमाडौंबाट तराई जोड्ने राष्ट्रिय गौरवको आयोजना ९फास्ट ट्रयाक० को शिलान्यास गर्नु भएको हो ।
७६ दशमलव २ किमी दूरीको फास्ट ट्रयाक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ । फास्ट ट्रयाक ललितपुरको खोकनाबाट प्रारम्भ भई काठमाडौं, मकवानपुरहुँदै बाराको निजगढ जोडिने छ । फास्ट ट्रयाक एक खर्ब १२ अर्ब रुपैयाँको लगानीमा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको छ ।