प्रधानमन्त्रीको सथप ग्रहण सम्पन्न

तीन उपप्रधान तथा चार मन्त्री नियुक्त
-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, जेष्ठ २४, २०७४

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा देउवाले शपथ ग्रहण गरेका हुन् ।
आजै तीन उपप्रधानमन्त्री र चार जना मन्त्रीले पनि सपथ ग्रहण गरेका छन् । उपप्रधानमन्त्रीहरुमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ छन् । उनीहरुलाई उपप्रधानमन्त्रीसहित क्रमशः सङ्घीय मामिला तथा स्थानीय विकास, परराष्ट्र र शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्रीले अर्थमन्त्रालयको कार्यभार ज्ञानेन्द्रबहादुर कार्कीलाई, श्रम तथा रोजगारको जिम्मेवारी फरमुल्हा मन्सुरलाई, गृहको जनार्दन शर्मालाई तथा प्रभु साहलाई बिनाविभागीय मन्त्री बनाएका छन् ।