राजपाको आन्दोलनमा जाने निर्णय

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, जेष्ठ २९, २०७४

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
आइतबार काठमाडौंमा बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
राजपाले असार १० देखि अनिश्चितकालीन आमहड्ताल सहित लाठी जुलुस, निर्वाचन केन्द्रमा तालाबन्दी, निर्वाचन सम्बन्धी कार्यक्रमहरुमा अवरोध लगायतका आन्दोलनका विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।