दैलेखमा बस दुर्घटना हुँदा १० को मृत्यु

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, जेष्ठ ३१, २०७४

काठमाडौं– दैलेखको आठबिस नगरपालिका–४ नैनाल सडक खण्डमा आज बुधवार बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य १८ यात्रु घाइते भएका छन् ।
कालिकोटको जितेगडाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको ना ४ ख २९९८ नम्बरको बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको हो ।
मृत्यु हुनेमा एक बालिका, सात पुरुष र दुई महिला रहेका घटनास्थलमा खटिनुभएका प्रहरी नायब निरीक्षक ढोरबहादुर बुढाथोकीले जानकारी दिएका छन् ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र लैजान हेलिकप्टर मगाइएको बुढाथोकीले बताए । मृत्यु हुने यात्रुको सनाखत हुन सकेको छैन ।