उल्लासपूर्ण हुँदैछ मनोनयन दर्ता

काठमाडौं– दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा आज आइतबार बिहान ८ बजेबाट उम्मेदवारी मनोनयन दर्ता भैरहेको छ ।
असार १४ मा हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम बिहान ८ बजेदेखि शुरु भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिएका छन् ।
प्रदेश नं १, ५ र ७ मा हुने निर्वाचनबाट एक महानगरपालिका, सात उपमहानगर, १११ नगरपालिका र २१५ वटा गाउँपालिकाबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि ४ हजार ५८१ मतदानस्थल ८ हजार ३६४ मतदानकेन्द्र कायम गरिएको छ ।
राजनीतिक दलले उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुखरउपप्रमुख तथा गाउँपालिकाका अध्यक्षरउपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधान छ ।
महिला, दलित, अल्पङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था रहेको छ ।
उम्मेदवारी दर्ताका लागि आज साँझ ४ बजेसम्मको समय तय गरिएको छ ।
दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाता छन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने आयोगले जानकारी दिएको छ ।

काठमाडौं- विश्वका घुम्नलायक उत्कृष्ट १० शहरको सूचीमा पुनः काठमाडौं परेको छ ।...

काठमाडौँ- कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार रिक्टर स्केलको परकम्प भएको छ ।...

भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

काठमाडौँ- भारतमा जारी हिरो गोल्डकप प्रतियोगितामा नेपाल उपविजेतामै सीमित बनेको छ । भारतको...

काठमाडौँ- सरकारले क्रिकेट, साग, फुटबल एवं वल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी,...

काठमाडौं- विश्वका घुम्नलायक उत्कृष्ट १० शहरको सूचीमा पुनः काठमाडौं परेको छ ।...

काठमाडौँ- कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार रिक्टर स्केलको परकम्प भएको छ ।...

भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

गायिका एन्जेला श्रेष्ठ र किरण भण्डारीको नयाँ गीत हाल युटुब मार्फत रिलीज...

काठमाडौँ- भारतमा जारी हिरो गोल्डकप प्रतियोगितामा नेपाल उपविजेतामै सीमित बनेको छ । भारतको...