निर्वाचनका लागि मौन अवधि प्रारम्भ

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, असार १२, २०७४

काठमाडौं– जुन २८ का दिन सम्पन्न हुने दोस्रो चरणकोस्थानीय तहको निर्वाचनका लागि मौन अवधि प्रारम्भ भएको छ । १, ५ र ७ नं प्रदेशका ३५ जिल्लामा आइतबार राति १२ बजेदेखि मौन अवधि शुरु भएको हो ।
मतदान हुने समयभन्दा ४८ घन्टा अघिदेखि मौन अवधि लागू हुने स्थानीय तह निर्वाचन निर्देशिकामा उल्लेख गरिएको छ । मौन अवधि शुरु भएपछि उम्मेदवारको पक्ष वा विपक्षमा कुनै किसिमको प्रचारप्रसार गर्न पाइँदैन् । मौन अवधिमा वेबसाइट तथा कुनै पनि सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।