दोस्रो चरणको निर्वाचनमा ७० प्रतिशत मतदान

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, असार १४, २०७४

काठमाडौं– दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बुधार प्रदेश नम्बर १, ५ र ७ मा निर्वाच्न भएको हो । निर्वाचन आयोगका अनुसार बुधवार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदानमा ७०।५ प्रतिशत मत खसेको छ ।
आयोगले दिएको जानकारी अनुसार बाजुरामा सबैभन्दा धेरै ८० प्रतिशत मत खसेको छ भने सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको छ । सोलुखुम्बुको नेचा गाउँपालिकाको तिङ्ला गाउँमा भने एक भोट पनि खसेन । त्यहाँ कुनै पनि दलले उम्मेदवारी दर्ता पनि गरेका थिएनन । स्थानीय तह पुनर्संरचनाप्रति असन्तुष्टि जनाउँदै तिङ्ला गाउँका स्थानीयले चुनाव बहिस्कार गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार मतपेटिका संकलनको काम भइरहेको छ । अब तत्काल आवश्यक तयारी गरेर मत गणना शुरु हुने आयोगले जनाएको छ ।