दोस्रो चरणमा पनि एमालेको अग्रता

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, असार १६, २०७४

काठमाडौं– स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचन भएको प्रदेश नम्बर १, ५ र ७ का अधिकांश स्थानीय तहमा मतगणना भइरहेको छ । मतगणना भइरहेका स्थानीय तहबाट प्राप्त प्रारम्भिक नजिताअनुसार नेकपा एमालेले अग्रता लिएको छ । । पछिल्लो अपडेट अनुसार नेकपा एमालले ७७ स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेसको ६५ स्थानमा अग्रता छ भने माओवादी केन्द्रले २६ स्थानमा अग्रता लिएको छ । १४ असारमा भएको निर्वाचनमा ७३।६९ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनमा १५ हजार ३८ पदका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।