आइतबार बिहानसम्म एमाले ८० कांग्रेस ६५ माओवादी केन्द्र २३

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, असार १८, २०७४

काठमाडौं– दोस्रो चरणको स्थानीय तह निर्वाचनको जारी मतगणनामा आइतबार बिहानसम्म घोषित परिणाम अनुसार नेकपा एमाले ८० स्थानीय तहमा निर्वाचित भएको छ । हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार नेपाली कांग्रेस ६५ तथा माओवादी केन्द्र २३ स्थानमा निर्वाचित भएका छन् ।
त्यस्तै राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी फोरम एकरएक स्थानीय तहबाट निर्वाचित भएका छन् ।
अहिलेसम्म नेकपा एमालेले ५२ स्थानीय तहमा अग्रता लिएको छ भने कांग्रेसले ६० स्थानीय तहमा अग्रता लिएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको ११ स्थानीय तहमा अग्रता छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको ४ स्थानीय तहमा अग्रता छ ।