काठमाडौं– नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य घटाएको छ ।
अन्तर्राष्ट्रिय बजारअनुसार स्वचालित मूल्य लागू गरेर नेपालआयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
जसअनुसार खाना पकाउने ग्याँसमा २५ रुपैंया, पेट्रोलमा २, डिजेलमा २, मट्टीतेलमा २ र हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटेको छ ।
नयाँ मूल्यअनुसार ग्याँस प्रतिसिलिन्डर १३ सय ५० रुपैंया पर्नेछ ।
त्यस्तै पेट्रोलको ९८ तथा डिजेल र मट्टीतेलको ७४ रुपैंया पर्नेछ । त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको ८४ रुपैंया र अन्तर्राष्ट्रियतर्फ ७३ रुपैंया पर्ने नेपाल आयल निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसन ९आइओसी) ले नेपाल आयल निगमलाई प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

दीपम मनाङे पक्राउ

/शुक्र, बैशाख ७, २०७५