बाढी पिडितलाई सहयोग जुटाउदै एनआरएनए

  •  एनआरएनए अस्ट्रेलिया पनि सहयोग जुटाउन थालि सकेको छ 

  • गत सालको भुकम्पको चोट सकिन नपाउदै नेपाल फेरि बाढी पहिरोको चपेटामा परेको छ । बाढी पहिरोबाट तराई मधेशका धेरै जिल्लाहरु प्रभावित छन् जस बाट ठुलो धनजनको क्षति भइ सकेको छ, भने अरु धेरै क्षतिको विवरण आउन बाँकि नै छ । यस्तो विषम परिस्थितिमा बिश्वभर रहेका एनआरएनएहरु एक पटक पुन जुट्दै छन् । हालै सम्पन्न एनआरएनएको आकस्मिक बैठकले आपतकालिन सहयोगस्वरुप ‘बाढीपिडीत राहत कोष’ स्थापना गर्ने निर्णय गरेको प्रबक्ता रञ्जु थापा वाग्लेले जनाएकी छन् ।
    वाग्लेका अनुसार यो विषम परिस्थितिमा राहत कार्यमा समन्वय गर्न संघका अध्यक्ष शेष घले छिट्टै नेपाल जादै छन् भने उनि र जमुना गुरुङ आबद्द एमआईटी फाउण्डेसनले कोषमा १ करोड रुपैयाँ सहयोग दिने घोषणा गरिसकेको छ । उक्त बैठकमा संघका संरक्षक जीवा लामिछाने तथा उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव बद्री केसी र सचिव अर्जुन श्रेष्ठले जनही एक/एक लाख रुपैयाँ तथा प्रवक्ता रन्जु थापाले ५० हजार रुपैयाँ र कोषाध्यक्ष हिक्मत थापाले ५१ हजार रुपैयाा सहयोगको घोषणा गरिसक्नुभएको छ ।  यो सहयोग आउने क्रम जारी छ भने एक साता भित्र दुई करोड रुपैयाा जम्मा गरी राहत बितरण थाल्ने संघको तयारी छ । यसका लागि संघले सबै देशका राष्ट्रिय समन्वय समितिहरु लाई आ आफ्नो देशमा सक्दो सहयोग जुटाउन अनुरोध समेत गरेको छ।
    यसै अनुसार एनआरएनए अस्ट्रेलियाले पनि सहयोग अभियान तिब्र बनाउदै सबै मनकारीहरु लाई यो आपतमा हात बढाउन अनुरोध गरेको छ । एनआरएनए अस्ट्रेलियाका महासचिब नारायण कोइरालाले एक बिज्ञप्ति जारि गरि आपतको घडीमा सक्दो सहयोग गर्न अनुरोध गरेका छन् ।  बिज्ञप्तिमा कोइरालाले एनआरएनए अष्ट्रेलियाले एनआरएनए आइसिसी सँग समन्वय गरेर सदा झै प्राप्त रकमको सहयोग प्रभाबकारी ढंगले आयोजना गर्ने प्रतिबद्दता जाहेर गरेका छन् । त्यसै गरि अस्ट्रेलियामा रहेका अन्य सामाजिक संघ संस्थाले पनि राहात सकलन शुरु गरि सकेको जानकारीहरु सामाजिक संजालहरुमा आइ रहेका छन् । सहयोग रकम निम्न अनुसार खातामा जम्मा गरिदिनुहुनका लागि पनि एनआरएनए अष्ट्रेलियाको तर्फबाट सबैमा अनुरोध गरिएको छ।
    Account Name: NRNA Disaster Relief Account
    BSB: 032006
    Account Number: 595128
    Ref: Your Name-Flood

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार