विस्तार भयो मन्त्रीमण्डल

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ ४, २०७४

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिमण्डल विस्तार गरेका छन् । आइतबार नै प्रधानमन्त्री देउवाले नवनियुक्त राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराए ।
प्रधानमन्त्री देउवाले आठ जना राज्यमन्त्रीसहित मन्त्रिमण्डल विस्तार गरेका हुन् । विस्तार भएसँगै तीन उपप्रधानमन्त्री, १९ मन्त्री र आठ राज्यमन्त्रीसहित मन्त्रिमण्डल ३१ सदस्यीय भएको छ ।
आज मोहम्मद जाकिर हुसेन (महिला, बालबालिका तथा समाज कल्याण), रामसिंह यादव (स्वास्थ्य), श्यामकुमार श्रेष्ठ (गृह), शम्भुलाल श्रेष्ठ (ऊर्जा), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गुरुङ (सहरी विकास), गोमा कुँवर (पशुपंक्षी विकास) र ओङ्दी शेर्पाले सामान्य प्रशासन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।