संघ र प्रदेशको निर्वाचन मंसिरमा गर्ने सरकारको निर्णय

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, भदौ ५, २०७४

काठमाडौं— सरकारले आगामी मंसिर १० गते संघीय संसद र प्रदेश सभाको दुवै निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले मंसिर १० गते संसद र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिएका छन् ।
यसअघि निर्वाचन आयोगसँगको परामर्शपछि प्रमुख दलहरु संघ र प्रदेशको निर्वाचन एकसाथ गर्ने निष्कर्षमा पुगेका थिए । ‘एक–दुई चरण केहि भनिएको छैन, मंसिर १० गते गर्ने भनेर निर्वाचन आयोगलाई लेख्ने भनिएको छ’, बैठकपछि मन्त्री बस्नेतले भने– ‘के गर्ने भन्ने निर्वाचन आयोगले गर्ला ।’ मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्वीकृत गरेको छ । त्यस्तै, भ्रमणका क्रममा उठाउने विषयहरु समेत तय गरेको बस्नेतले जानकरी दिएका छन् ।