काठमाडौं— यू–१५ साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र भारतबीच भिडन्त हुँदैछ । नेपाली समय अनुसार उक्त फाइनल खेल आज दिउसो ३ बजेदेखि प्रारम्भ हुनेछ । यसअघि शुक्रवार भएको सेमिफाइनल खेलमा नेपालले बंगलादेशलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो । भुटानलाई ३–० गोलअन्तरले हराउँदै भारत फाइनल पुगिसकेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रवार भएको सेमिफाइन खेलमा नेपालका आकाश बुढा मगरले २ र ब्रिजेश चौधरीले १ गोल गरेका थिए । । दोस्रो हाफको ६५औं मिनेटमा बंगलादेशका खेलाडीले आत्मघाती गोल गरेपछि नेपालले ३–० को अग्रता बनाउन पुगेको थियो । । खेलको ७२ औं मिनेट र ७३ औं मिनेटमा बंगालदेशले एक एक गोल गरेको थियो । त्यसपछि अतिरिक्त समयमा ब्रिजेशले फेरि एक गोल गरेपछि नेपाल ४–२ गोलअन्तरले विजयी भयो । दोस्रो सेमिफाइनल खेल भारत र भुटानबीच हलचोकस्थित एपीएफको खेल मैदानमा भएको थियो । जसमा भारतले भुटानलाई ३–० ले पराजित गर्‍यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

घट्ने भयो आर्थिक वृद्धिदर

/मङ्ल, बैशाख ४, २०७५