प्रमको भ्रमणमा इन्धन तथा पारवाहन सम्झौता हुने

काठमाडौँ,। प्रधानमन्त्रीको चीन भ्रमणका समयमा इन्धन तथा पारवहन सम्झौता हुने भएको छ ।
यहाँ आज कञ्जुमर आई नेपालले आयोजना गरेको ‘वर्तमान बजारको अवस्था र उपभोक्ताको अधिकार’ विषयको छलफलमा आपूर्तिमन्त्री गणेशमान पुनले सम्झौतापछि इन्धनको समस्या समाधान गर्न मद्दत मिल्ने बताउनुभयो ।
मन्त्री पुनले बजारमा मौलाएको कालोबजारी नियन्त्रणका लागि सरकारले उपभोक्ताहित महाशाखा गठन गर्न लागेको जानकारी दिँदै भन्नुभयो, “कालोबजारी, खाद्य सुरक्षा, मूल्य नियन्त्रण लगायत विषयमा अनुगमन तथा कारबाही गर्नका लागि महाशाखा आवश्यक भएकाले गठन गर्ने प्रक्रियामा छौँ ।” बजारमा भएको अनियन्त्रित मूल्य वृद्धि, कमसल वस्तुको बिक्री वितरणबारे उपभोक्ता जागरण अभियान आवश्यक भएको र वर्षभरि नै अभियान सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका निर्देशक हरिकुमार श्रेष्ठले बजारमा व्याप्त कालोबजारी रोक्न सरकारले नियमित अनुगमन र कारबाहीको प्रक्रियालाई जारी राख्नुपर्ने बताउनुभयो ।
मानव अधिकार परिषद्का अध्यक्ष तुलसी थापाले नाका सहज भएको महिना दिन बित्न लाग्दा पनि बजारमा इन्धनको सहज आपूर्ति हुन नसकेकाले सरकारको ध्यानाकर्षण गर्नुभयो । कञ्जुमर आई नेपालका अध्यक्ष विमला खनालले बजारमा सिर्जना भएको इन्धनको कृत्रिम अभावबारे अनुगमन गरी वितरण प्रणाली सहज गर्न सरकारसँग माग गर्नुभयो ।” रासस

काठमाडौं- लोक आधुनिक शैलीको नृत्यपरक गीत ‘ओ नारान…’ को म्युजिक भिडियो शुक्रवार...

काठमाण्डौ- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिंगतर्फ शुक्रबार भएको पहिलो दिनको खेलमा...

काठमाडौं– नेपाल भ्रमण वर्ष सफल बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले...

काठमाडौँ- गौरिका सिंहले पौडीको २ सय मिटर फ्रिस्टाइलमा बिहीबार ऐतिहासिक स्वर्ण हात पारेकी...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन...