काठमाडौं– प्रदेश नं २ मा जारी मतगणनामा अहिलेसम्म ५९ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । ५९ स्थानीय तहमध्ये नेपाली कांग्रेस १९ स्थानीय तहमा निर्वाचित भएर शीर्ष स्थानमा छ । कांग्रेसले अहिले २१ स्थानीय तहमा अग्रता लिइरहेको छ ।
नेकपा माओवादी केन्द्र १२, संघीय समाजवादी फोरम ९ तथा राष्ट्रिय जनता पार्टी (राजपा) ९ स्थानीय तहमा निर्वाचित भएका छन् । माओवादी केन्द्रको १३, समाजवादी फोरमको ८ तथा राजपाको १३ स्थानीय तहमा अग्रता छ ।
पाँच स्थानीय तहमा निर्वाचित भएको नेकपा एमालले ११ स्थानीय तहमा अग्रता लिएको छ । त्यस्तै दुई स्थानीय तहमा निर्वाचित भएको नेपाल लोकतान्त्रिक फोरम एक स्थानीय तहमा अगाडि छ ।
त्यसैगरी नेपाली जनता दल एक स्थानीय तहमा निर्वाचित भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

दीपम मनाङे पक्राउ

/शुक्र, बैशाख ७, २०७५