चिकित्सकको आन्दोलन फिर्ता

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, अशोज १५, २०७४

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चिकित्सक र सरकारी टोलीबीच भएको वार्तामा सहमति भएको छ । एकसातादेखि आन्दोलनरत चिकित्सक सरकारसँग चार बुदे सहमति भएपछि चिकित्सकहरु काममा फर्किएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सरकारले चिकित्सक तथा अस्पताल विरुद्ध आक्रमण गर्ने र दुव्र्यवहार गर्नेमाथि कारवाही गर्ने गरी कानून संशोधन गर्ने सहमति भएको छ ।
सहमतिपछि चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । सहमति पत्रमा स्वास्थ्य सचिव डा। किरण रेग्मी र नेपाल चिकित्सक संघका अध्यक्ष डा।मुक्ति श्रेष्ठले हस्ताक्षर गरेका छन् ।