राष्ट्रपतिबाट एनआरएनए ग्लोबल सम्मेलनकाे उद्द्धाटन

  • अक्टाेवर १६ मा नयाँ कार्य समितिकाे निर्वाचन

  • काठमाडौं—गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। बौद्धस्थित होटल हायतमा राष्ट्रपति विद्यादेवी भण्डारीले साे सम्मेलनकाे उद्घाटन गरेकी छिन्।

    संसारभर फैलिएका गैरअावासीय नेपालीहरूको नेपालसँगको सम्बन्ध मातृभूमि र रगतको सम्बन्ध भएकाले उल्लेख गरिन्। उनले नेपालकाे अार्थिक सम्वृद्धिको साझेदार गैरअावासीय नेपाली नै भएको उनले बताइन्। एनअारएन नागरिकता प्राप्तिपछि गैरअावासीय नेपालीलाइ नेपालसँग अझ नजिक हुने उनको भनाइ थियो ।

    सम्मेलनमा ७७ देशका एक हजार पाँचसयभन्दा बढी प्रतिनिधि सहभागी छन्। उद्घाटन सत्रपछि आज शनिबार पुनःनिर्माणबारे राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सिइओ डा.गोविन्द पोखरेलले र  लाप्राकमा निर्माण भइरहेको एकीकृत नमुना बस्तीबारे अध्यक्ष शेष घलेले प्रस्तुति दिएका थिए ।

    चार दिनसम्म चल्ने सम्मेलनले संघको नयाँ नेतृत्व चयन गर्नेछ। अक्टाेबर १६ मा  नयाँ कार्यसमितिकाे  निर्वाचन हुने छ जसमा अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहितका पदाधिकारी निर्वाचनबाट चयन गर्नेछन् ।

    उद्घाटन सत्रलाइ सम्बाेधन गर्दै अध्यक्ष शेष घलेले गैरअावासीय नेपालीकाे सम्वद्धिप्रतिको चाहना हावादारी गफ नभएको दाबी गरे। ‘गैरआवासीय नेपालीहरुको सम्वृद्धिप्रतिको चाहना केवल हावादारी गफ होइन। मन र मुटुको आवाज हो भन्ने कुरा सबैले बुझिदिन जरुरी छ’, उनले भने।

    पूर्व अध्यक्ष जिवा लामिछानेले एनअारएनएले नेपालमा अार्थिक, बाैद्धिक लगानी र लाेककल्याणाकारी परियाेजनाका तीन अाधारशीलमा काम गरिररहेको बताए। गैरअावासीय नेपाली संघका अबका भेलाहरू लगानी केन्द्रित हुनुपर्ने उनले जनाए।

    उद्घाटन सत्रमा संस्थापक अध्यक्ष डा.उपेन्द्र महताे तथा पूर्व अध्यक्ष देवमान हिराचनले पनि सम्बाेधन गरेका थिए।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    सिमरामा बम विष्फोट

    /सोम, मंसिर ४, २०७४