फाेटाे टंक लम्सालकाे फेसबुक बाट

गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्यक्षमा भवन भट्ट विजयी भएका छन्, भट्टले अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई हराउँदै विजयी भएका हुन् । उपाध्यक्ष खुल्लातर्फ जर्मनीका कुमार पन्त र यूकेका कुल आचार्य विजयी भएका छन् ।

यसैगरी, महिला उपाध्यक्षमा रसिया निवासी शपिला राजभण्डारी विजयी भएकी छिन् । महासचिवमा रसियाका डा. बद्री केसी पुनः निर्वाचित भएका छन् । सचिवमा ओमनका डीबी क्षेत्री र बेल्जियमकी जानकी गुरुङ विजयी भए । यसैगरी, कोषाध्यक्षमा हिक्मत थापा पुनः विजयी भएका छन् ।सहकोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भएका छन् । युवा संयोजकमा जापानका सुदन थापा विजयी भएका छन् । महिला संयोजकमा बेल्जियमकी रजनी प्रधान विजयी भएकी छिन् ।
यसैगरी, युरोप क्षेत्रीय उपसंयोजकमा गोविन्द गौतम र एकराज गिरी निर्वाचित भएका छन् । युरोप क्षेत्रीय संयोजकमा शिव बरुवाल विजयी भएका छन् । युरोप क्षेत्रीय महिला संयोजकमा संगीता मरहठ्ठा विजयी भएकी छिन् । ओशिनिया क्षेत्रीय संयोजकमा धर्मराज अधिकारी विजयी भएका छन् । ओशिनिया क्षेत्रीय महिला उपसंयोजक प्रिती शर्मा विजयी भएकी छिन् । मध्यपूर्व क्षेत्रीय संयोजकमा आरके शर्मा विजयी भएका छन् । मध्यपूर्व उपक्षेत्रीय उपसंयोजकमा गोपाल कँडेल र प्रवीण गुरुङ विजयी भएका छन् । क्षेत्रीय उपसंयोजक युवा राजकुमार बस्नेत विजयी भएका छन् । अमेरिका क्षेत्रीय संयोजकमा गौरीराज जोशी विजयी भएका छन् । अमेरिका क्षेत्रीय उपसंयोजकमा नवीन शेरचन विजयी भएका छन् । यसैगरी, क्षेत्रीय महिला उपसंयोजकमा संगीता लम्साल शिवाकोटी निर्विरोध निर्वाचित भएकी छिन् । एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा विजयी भएका छन् । एशिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा पारसमणि पोखरेल र विनोद कुँबर विजयी भएका छन् । यसैगरी, एशिया प्रशान्त क्षेत्रीय महिला उपसंयोजकमा दक्षिण कोरियाकी जुनु गुरुङ विजयी भएकी छिन् । अफ्रिकाको क्षेत्रीय संयोजकमा सुनिल कार्की निर्वाचित भएका छन् । उपसंयोजकमा डा भुवन ढकाल र शिव पौडेल निर्वाचित भएका छन् । १८ सय ५४ मतमध्ये १७ सय ४४ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

सिमरामा बम विष्फोट

/सोम, मंसिर ४, २०७४