दुई चरणको निर्वाचनको गणना एकै पटक

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, मंसिर ८, २०७४

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन दुई चरणमा भए पनि मत गणना भने एकै पटक गरिने बताउनुभएको छ ।

रिपोर्टसक्लबमा आयोजित साक्षात्कार कार्यक्रममा प्रमुख आयुक्त यादवले पहिलो चरण अन्तर्गत पर्सि आइतबार मतदान सकिएका स्थानको मतगणना पनि २१ गतेको निर्वाचन सकिएपछि मात्रै हुने बताउनुभयो ।

उहाँले पहिलो चरणको निर्वाचनको मौन अवधि हिजो बिहीबार रातिदेखि सुरु भएकाले पहिलो चरणको निर्वाचन सम्पन्न नभएसम्म कुनै पनि प्रचार प्रसारका कार्यक्रम नगर्न राजनीतिक दल र नगरिकसमाजलगायत सम्बद्ध पक्षसँग आग्रह गर्नु भएको छ ।