त्रिसुलीमा बस खस्दा छ जनाको निधन

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, मंसिर १३, २०७४

काठमाडौं– काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको यात्रुबाहक बस बुधवार बिहान सवा नौ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा दुर्घटना भएको छ । लु २ ख २९१ नम्बरको उक्त बस त्रिशुली नदीमा खसेको हो ।
दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । केही याुत्रको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ।
मृतकको सनाखत हुन सकेको छैन । बसमा कति यात्रु थिए भन्ने यकिन पनि भइसकेको छैन। अहिले जनपद, सशस्त्र प्रहरी तथा नेपाली सेना उघामा खटिएको बताइन्छ । प्रहरीले दुर्घटनाको कारण खुल्न नसकेको बताएको छ ।
उता, आजै बिहान कालिकोटमा भएको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको थियो । दुर्घटनामा ६ जना घाइते भएका छन् । सुत्केरी महिलासहितका यात्रु बोकेको जिप दुर्घटनामा परेको हो ।