काठमाडौं– आज बिहिबार बिहान ७ बजेदेखि दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रारम्भ भएको छ । आज ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशभसभाका २५६ क्षेत्रमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले आज बिहान ७ः०० देखि बेलुकी ५ः०० बजेसम्म मतदानका लागि समय तोकेको छ ।
यसअघि हिजो निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र सुरक्षाको प्रभावकारी व्यवस्था मिलाएको भन्दै ढुक्क भएर मतदान गर्न आह्वान गरेका थिए ।
डा।यादवले निर्वाचन आचारसंहिता पालन गरी असल राजनीतिक संस्कारको विकासमा योगदान दिन उम्मेदवारहरुलाई पनि आह्वान गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

समानुपातिकको मतगणना जारी

/बिहि, मंसिर २८, २०७४