काठमाडौं- बिहिबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणअन्तर्गत बिहिबार ४५ जिल्लामा मतदान भएको थियो ।
निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले ६७ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी दिएका हुने । आयोगले सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मतदान भएको जनाएको छ ।
प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ क्षेत्रमा मतदान भएको थियो ।
अर्घाखाँची, सन्धिखर्क नगरपालिका – ५ मथुरा निमावि नेटा मतदानस्थलका ९ क र ९ ख गरी दुई मतदान केन्द्रको मतदान स्थगन भएको छ ।
मतदान केन्द्र ९ ख का मतदान अधिकृतले मतपत्रमा सही नगरेको भनी राजनीतिक दलका कार्यकर्ताबाट एउटा मतपेटिका तोडफोड गरी फालेको र बाँकी मतपत्र च्यातेकाले उक्त मतदान केन्द्रको मतदान स्थगन भएको जनाउँदै आयोगले सो मतदान केन्द्रमा केही दिनभित्रै पुनःमतदान गर्ने व्यवस्था मिलाइने जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

समानुपातिकको मतगणना जारी

/बिहि, मंसिर २८, २०७४