नेप्लिज अस्ट्रेलियन एसोसियसनको  ४४ औ बार्षिक साधारण सभा सम्पन्न  

डा. मधु पुडाशैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन  
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, चैत्र ३, २०७७
आज भन्दा ४५ बर्ष आगाडी १९७६ मा स्थापना भएको अष्ट्रेलियाको नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अष्ट्रेलियन एसोसियसन (एनएए ) को ४४ औ बार्षिक साधारण सभा गत २७ फेब्रवरीका दिन अनलाईन प्रबिधिको प्रयोग गर्दै सम्पन्न भएको छ ।  सभाले बिगत कार्यकालको समिक्षा, बिभिन्न प्रतिबेदन प्रस्तुत गर्दै आउने २०२१-२०२३ का लागि डा. मधु पुडाशैनीको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमितिको चयन पनि गरेको छ।
नयाँ कार्यसमिति चारजना उपाध्यक्षहरु निशा रानी, सुर्य भट्टराई, डा. घनश्याम चापागाई र डा. बसुन्धरा भट्टराई चयन भएका छन् भने महासचिवमा ऋषि आचार्य, सचिवमा जविन श्रेष्ठ र कोषाध्यक्षमा नारायण खनाल रहेका छन् । यस्तै संस्थाको कार्यसमिति सदस्यहरुमा तपाश्या श्रेष्ठ, डा. कमल खरेल, आनन्द पारजुली, डा. सन्तोश खनाल, मनऋषि धिताल, पुष्प आचार्य, उज्जवल सुवेदी र भरत राई चयन गरिएको छ।  संस्थाका महासचिब ऋषि आचार्यले एक प्रेस बक्तब्य जारि गरि विधानमा  ब्यवस्था भए बमोजिम थप पदाधिकारीहरु अध्यक्षले मनोनयन गर्ने जनाएका छन् । आचार्यका अनुसार नयाँ कार्यसमिति चयनका लागि प्रमुख निर्वाचन आयुक्त देव गुरुङ र नेपाली समुदायका अग्रजहरु ईन्द्रा वन, डा नारायण प्रधान र पदम शाक्य रहेको निर्वाचन समिति निर्माण गरेको थियो सोहि समितिले नयाँ कार्यसमिति घोषणा गरेको हो ।
साधारण सभामा अष्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहाल प्रमुख अतिथी रहेका थिए। कार्यक्रममा बोल्दै राजदुत दाहालले बिगत ४५ बर्ष देखि एनएएले अष्ट्रेलियामा नेपालीको पहिचान कायम राख्न खेलेको र परिपक्व सामुदायिक संस्थाको रुपमा आफ्नो परिचय बनाइसकेको बताउदै आउने कार्य समितिले पनि योजनाबद्ध र समुदायको हितका कार्यहरु गर्न नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।संस्थाकी पुर्व अध्यक्ष ईन्द्र वनले नव निर्वाचित पदाधिकारीलाई बधाइ दिदै सक्रिय कार्यकालको कामना गरेकी थिइन । यस्तै अर्का पूर्व अध्यक्ष डा. नारायण प्रधानले एनएएले अष्ट्रेलियामा नेपाली समुदायको पहुँच यहाँको मुलप्रवाहमा पुर्याउन संयोजनको भुमिका खेल्नुपर्ने सुझाव दिएका थिए । पुर्व अध्यक्ष उमेश पन्तले एनएएले नेपालको लायन्स क्लवसँगको सहकार्यमा नुवाकोटमा भुकम्पले क्षति भएको विद्यालयको भवन निमार्णका लागि गरेको सहयोग बारे कार्यपत्र प्रस्तुत गरेका थिए भने अर्का पूर्व अध्यक्ष चुरामणी बेलबासेले अष्ट्रेलियामा नेपाली समुदायको जनसंख्या बृद्धिसँगै संस्थाको जिम्मेवारी पनि बढेको र यहाँको मुलप्रवाहमा समुदायको पहुच बढाउन सक्रिय हुन सुझाब दिए ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै डा. मधु पुडाशैनीले एनएएले नेपाली समुदायको प्रतिनिधित्व गरेर यहाँका बिभिन्न सरकारी निकाय र स्थानिय समुदायिक संस्थाहरु सँग सहकार्य शुरु गरेको बताए । पुडाशैनीले समुदायिक संस्थामा ब्यवस्थित कर्पोरट संस्कृतिको पर्बर्धन गर्दै जाने, समुदायका आवश्यकतालाई सम्बोधन गर्ने, आफ्ना प्रतिबद्धताहरु पुरा गर्दै जाने र आफ्ना सफलताहरुलाई उत्सवको रुपमा मनाउँदै जाने संस्थाको तर्फबाट प्रतिबद्दता व्यक्त गरे। यसै गरि साधारण सभामा संस्थाका महासचिव ऋषि आचार्यले संगठनिक प्रदिवेदन प्रस्तुत गरेका थिए ।  प्रतिबेदन प्रस्तुत गर्दै आचार्यले एनएए यहाँका धेरै सामुदायिक र बहुसंकृतिक संस्थाको संस्थागत सदस्य भएको र आगामि दिनहरुमा यहाँको मुलप्रवाहमा नेपाली समुदायको संस्थागत प्रतिनिधित्व बढाउदै जाने बताए ।
कार्यक्रममा अष्ट्रेलियाको संघिय सरकारले प्रतिबद्धता जनाए अनुसार सिड्नीको ब्याङ्स निर्वाचन क्षेत्रमा नेपाली सामुदायिक भवन बनाउनको लागि अहिले सम्म भएका पहल र प्रगतिहरुको बारेमा कार्यसमिति सदस्य डा सन्तोश खनालले कार्यपत्र प्रस्तुत गरेका थिए । एनआरएनए ओसिनिया संयोजन होम पाण्डेले एनएएले अष्ट्रेलियाका नेपाली सामुदायिक संस्थाहरुलाई संयोजन गर्दै सरकारसँग साँघुको रुपमा कामगर्नु पर्ने सुझाव दिएका थिए । सँस्थाका सल्लाहाकार पदम शाक्यले शुभकामना मन्तब्य दिदै अष्ट्रेलियाका नेपाली समुदायको अभिभावकको रुपमा एनएएले भुमिका खेलेको बिचार राखेका थिए । कार्यक्रममा संस्थाका पुर्वकार्यसमिति पदाधिकारीहरु पुरण सायमी र मन्जु शेरचनलार्ई आजिवन सदस्यबाट सम्मान गरिएको थियो ।