पूर्व प्रधानमन्त्रीहरु विजयी हुँदा सात उपप्रधानमन्त्री पराजित

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– बहालावाला प्रधानमन्त्री शेरबहादुर देउवासहित पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, केपी शर्मा ओली, माधव कुमार नेपाल,डा.बाबुराम भट्टराई विजयी हुँदा हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उपप्रधानमन्त्री सम्हालिसकेका विभिन्न दलका सात जना पराजित भएका छन् ।
पराजित हुने उपप्रधानमन्त्रीहरुमा कांग्रेसबाट ४, एमालेबाट १, माओवादीबाट १, राप्रपाबाट १ जना गरी ७ जना छन् ।
कांग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेल भारी मतान्तरले तनहुँ–१ बाट पराजित भए । पौडेल एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ सँग ९ हजार ८ सय २ मतान्तरले पराजित भए ।
एमालेका उपाध्यक्षसमेत रहेका वामदेव गौतम कांग्रेसका सञ्जय गौतमसंँग बर्दिया–१ बाट पराजित भए ।
झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट कांग्रेसका कृष्णप्रसाद सिटौला पराजित भए । राप्रपाका राजेन्द्र लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याउँदा सिटौला ३१ हजार १ सय ५६ मतमै रोकिएका थिए ।
गोरखा–२ बाट वाम गठबन्धनका सूत्राधारसमेत रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि पराजय व्यहोर्नुपरेको छ । उनी डा.बाबुराम भट्टराईसँग पराजित भएका हुन् ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट राप्रपाका कमल थापा पराजित भएका छन् । थापा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भएका हुन् ।
धनुषा–३ मा कांग्रेस नेता विमलेन्द्र निधि राजपाका नेता राजेन्द्र महतोसँग फराकिलो मतान्तरले पराजित भए । महतोले ३० हजार ७ सय ४२ मत ल्याउँदा निधि २७ हजार ८ सय २८ मतमा रोकिए ।