पूर्व प्रधानमन्त्रीहरु विजयी हुँदा सात उपप्रधानमन्त्री पराजित

काठमाडौं– बहालावाला प्रधानमन्त्री शेरबहादुर देउवासहित पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, केपी शर्मा ओली, माधव कुमार नेपाल,डा.बाबुराम भट्टराई विजयी हुँदा हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उपप्रधानमन्त्री सम्हालिसकेका विभिन्न दलका सात जना पराजित भएका छन् ।
पराजित हुने उपप्रधानमन्त्रीहरुमा कांग्रेसबाट ४, एमालेबाट १, माओवादीबाट १, राप्रपाबाट १ जना गरी ७ जना छन् ।
कांग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेल भारी मतान्तरले तनहुँ–१ बाट पराजित भए । पौडेल एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ सँग ९ हजार ८ सय २ मतान्तरले पराजित भए ।
एमालेका उपाध्यक्षसमेत रहेका वामदेव गौतम कांग्रेसका सञ्जय गौतमसंँग बर्दिया–१ बाट पराजित भए ।
झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट कांग्रेसका कृष्णप्रसाद सिटौला पराजित भए । राप्रपाका राजेन्द्र लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याउँदा सिटौला ३१ हजार १ सय ५६ मतमै रोकिएका थिए ।
गोरखा–२ बाट वाम गठबन्धनका सूत्राधारसमेत रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि पराजय व्यहोर्नुपरेको छ । उनी डा.बाबुराम भट्टराईसँग पराजित भएका हुन् ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट राप्रपाका कमल थापा पराजित भएका छन् । थापा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भएका हुन् ।
धनुषा–३ मा कांग्रेस नेता विमलेन्द्र निधि राजपाका नेता राजेन्द्र महतोसँग फराकिलो मतान्तरले पराजित भए । महतोले ३० हजार ७ सय ४२ मत ल्याउँदा निधि २७ हजार ८ सय २८ मतमा रोकिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...