लाउनेले बिन्दुलाई नजर लगाएपछि (भिडियो सहित)

काठमाडौं– गायिका बिन्दु परियार यतिबेला चर्चामा छिन् । चलचित्र ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु…’ लोकप्रिय भएपछि बिन्दुको लोकप्रियता बढेको छ । सांगीतिक कार्यक्रमहरुमा समेत सक्रिय भैरहेकी उनै गायिका बिन्दु परियारको स्वरमा एउटा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘लाउनेले नजर लगाए…’ शीर्षकको यो यूगल गीतमा गायिका बिन्दु परियारलाई संगीतकार तथा गायक आशिष अविरलले गायनमा साथ दिएका छन् । आशिष अविरलकै संगीत निर्देशनको यो गीतका शब्दहरु एकनारायण भण्डारीले रचना गरेका हुन् । यो गीत गायिका परियारको एकल एल्बम ‘नजर मात्र’ मा समावेश गरिने छ ।
अर्जुन अधिकारीको निर्देशनमा तयार भएको उक्त गीतको नृत्यपरक म्युजिक भिडियोमा अहिलेकै व्यस्त अभिनेत्री प्रियंका कार्कीलाई फिचर गरिएको छ । भिडियोमा अभिनेत्री कार्कीलाई भिमफेदी गाईजका नृत्यकारहरुले आकर्षक नृत्यसहित साथ दिएका छन् । यो भिडियोमा भिमफेदी गाईजकै कोरियोग्राफी छ । धीरजजंग शाहद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
यस्तो छ लाउनेले नजर लगाएको म्युजिक भिडियो
https://youtu.be/wnRu5kcVV7s

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...