लाउनेले बिन्दुलाई नजर लगाएपछि (भिडियो सहित)

काठमाडौं– गायिका बिन्दु परियार यतिबेला चर्चामा छिन् । चलचित्र ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु…’ लोकप्रिय भएपछि बिन्दुको लोकप्रियता बढेको छ । सांगीतिक कार्यक्रमहरुमा समेत सक्रिय भैरहेकी उनै गायिका बिन्दु परियारको स्वरमा एउटा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘लाउनेले नजर लगाए…’ शीर्षकको यो यूगल गीतमा गायिका बिन्दु परियारलाई संगीतकार तथा गायक आशिष अविरलले गायनमा साथ दिएका छन् । आशिष अविरलकै संगीत निर्देशनको यो गीतका शब्दहरु एकनारायण भण्डारीले रचना गरेका हुन् । यो गीत गायिका परियारको एकल एल्बम ‘नजर मात्र’ मा समावेश गरिने छ ।
अर्जुन अधिकारीको निर्देशनमा तयार भएको उक्त गीतको नृत्यपरक म्युजिक भिडियोमा अहिलेकै व्यस्त अभिनेत्री प्रियंका कार्कीलाई फिचर गरिएको छ । भिडियोमा अभिनेत्री कार्कीलाई भिमफेदी गाईजका नृत्यकारहरुले आकर्षक नृत्यसहित साथ दिएका छन् । यो भिडियोमा भिमफेदी गाईजकै कोरियोग्राफी छ । धीरजजंग शाहद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
यस्तो छ लाउनेले नजर लगाएको म्युजिक भिडियो
https://youtu.be/wnRu5kcVV7s
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...