क्यानवेरामा नेपाली अभिभाबकहरु बिच भेटघाट सम्पन्न 

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
अष्ट्रेलियामा रहेका आफ्ना सन्तानहरु लाई भेटघाटका साथ साथै घुमघामका अभिप्रायले हाल क्यानवेरा, क्वीनवेन र आसपासका क्षेत्रमा रहेका नेपाली अभिभाबक बीच गत शनिवार १७ डिसेम्बरका दिन एक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। पिकनिकको रुपमा आयोजना गरिएको उक्त एक दिने कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली अावसिय राजदूत लक्की शेर्पा प्रमुख अतिथिको रुपमा उपस्थित भई उपस्थिति अभिभाबकहरु लाई खादा ओढाई अभिनन्दन गर्नु भएको थियो । गैर अावसिय नेपाली संघ अष्ट्रेलिया, अष्ट्रेलियन क्यापिटल टेराेटरीले अायाेजना गरेकाे उक्त कार्यक्रममा  क्यानवेरा र क्वीनवेन क्षेत्रका करिब ५० अभिभावकहरुको उपस्थिति रहेको स्टेट काउन्सिलका सचिब बाबुराम पौडेलले जनाएका छन् ।
त्यसै गरि कार्यक्रममा क्यानवेरा र क्विनवेन क्षेत्रमा रहनुहुने समुदायका अग्रजहरू, बिभिन्न संघ संस्थाका पदाधिकारी र सदस्यहर, राजदूतावास परिवार र गैर अावसिय नेपाली संघ अष्ट्रेलियाका सदस्यहरूकाे उल्लेख्य  सहभागीता रहेको थियो । अभिभाबकहरु लाई बिबिध मंरोंजनात्मक समेत प्रदान गरिने किसिमले तयार गरिएको उक्त कार्यक्रममा अभिभाबकहरु बिभिन्न लोक र नेपाली गीतहरुमा दिलखोलेर नाचेका थिए भने माहामहिम राजदुत लक्की शेर्पाले समेत उँहाहरुलाई साथ दिनुभएको दृश्य निक्कै रमाइलो थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत शेर्पाले  NRNAA SCC ACT ले आयोजना गरेको उक्त कार्यक्रम निक्कै सरहानिय रहेको भविष्यमा समुदाय संग सहकार्य गर्दै यस्तै कार्यक्रमहरु राजदूतावासले समेत आयोजना गर्न उत्सुक रहेको बताउनु भयो ।
त्यसै गरि कार्यक्रममा उत्साहाजनक सहभागीता जनाउने सबै अभिभाबक र परिवार यस क्रममा सहयोग गर्ने सबै स्वयम्सेवकहरु र सहयोगीहरुमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष एबम  NRNAA SCC ACT का संयोजक राजन ढुंगेलले हार्दिक धन्यवाद ब्यक्त गर्नु भएको थियो।  त्यसै गरि उक्त कार्यक्रममा डा. महावीर पुनद्वारा स्थापीत राष्ट्रिय  अन्नुसंधान केन्द्रका लागि करिव अष्ट्रेलियन डलर १५००  दान गर्न ईच्छुक दानवीर दाताहरूले अाफनाे  प्रतिवद्वता जनाएका थिए ।  प्रतिवद्वता जनाएकाे उक्त रकम यसै हप्ता संकलन गरि विवरण सहित तुरन्तै केन्द्रमा पठाउने पनि रकम संयाेजक ढुंगेलले जानकारी दिनु भयो।
(Photo: Rajan Dhungel)