एनएडिएफले भेटघाट कार्यक्रमको आयोजना गर्दै 

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>
सिड्नी र यसको वरपर बसोबास गर्दै आएका प्रजातान्त्रिक बिचार राख्ने नेपालीहरुलाई एकजुट बनाएर नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहयोग एबम नेपालको आर्थिक र सामाजिक बिकासमा सहयोग पुर्याउने उदेश्यले सन् – १९९८ मा स्थापना भएको एनएडिएफले यहि डिसेम्बर २३ तारिख शनिवारको दिन आफ्ना बर्तमान एबम भुतपुर्ब पदाधिकारीहरु, शुभचिन्तक र शुभेच्छुकहरु बीच एक पुनर्मिलन एबम भेटघाट कार्यक्रमको आयोजना गर्दैछ ।
संस्थालाई यहाँ सम्म ल्याइ पुराउन सबैले खेल्नुभएको भूमिकाको हामि उच्च सम्मान ब्यक्त गर्दै संस्थाका अध्यक्ष बिबेक थापाले उक्त कार्यक्रममा संस्थाको स्थापनाकाल देखि हाल सम्मका कार्यसमितीमा रहेर जिम्मेवारी निर्बाह गर्नु भएका सवै अग्रजहरुलाई कार्यक्रममा सहभागी भइदिनुहुन बिशेष अनुरोध गरेका छन्  ।  सिड्नीको एसफिल्ड  पार्कमा  बिहान ११ बजे देखि हुने सो कार्यक्रममा अस्ट्रेलियामा बसोबास गरिरहेका प्रजातान्त्रिक विचार राख्ने शुभचिन्तकहरुको सक्रिय सहभागिताको अपेक्षा समेत गरिएको थापाले बताएका छन्।