दलिय बैठकमा जुटेन सहमति

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार बालुवाटारमा बोलाएको पाँच दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।
राष्ट्रियसभा गठन विवाद सम्बन्धी छलफलका लागि प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा सहमति जुट्न नसकेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिसमक्ष सिफारिस गरिएको राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश पारित गर्नका लागि सहयोग गर्न अन्य दलसमक्ष आग्रह गरेका थिए ।
नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले भने उक्त अध्यादेश फिर्ता लिई सहमतिमा अर्को अध्यादेश लैजान आग्रह गरेका थिए ।
प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष सरकारले प्रस्तुत गरेको अध्यादेशमा सहमति खोज्नुभयो, बैठकपछि माओवादी नेता श्रेष्ठले त्यसमा निष्कर्षमा पुग्न नसकिएको बतबए ।
कांग्रेस नेता विमलेन्द्र निधिले सरकारले प्रस्तुत गरेको अध्यादेशमा राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय मतप्रणाली अनुसार गर्ने उल्लेख भएको बारे संघीय समाजवादी फोरम र राजपा नेपालले भने सहमति जनाएको बताए ।
एमाले अध्यक्ष केपी ओलीले उक्त अध्यादेश असंवैधानिक रहेको र एकल संक्रमणीय प्रणाली हुन नसक्ने बताए पनि राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव भने एकलसंक्रमणीय पक्षमा रहेको निधिले बताए ।
बैठकमा एमाले र माओवादीका नेताहरुले देउवालाई नयाँ सरकार गठनको बाटो खोल्न आग्रह गरेका थिए ।
यद्यपि कांग्रेस नेताहरुले भने राष्ट्रियसभा गठन नभएसम्म प्रतिनिधिसभाले पूर्णता नपाउने भन्दै राष्ट्रपतिले तत्काल अध्यादेश जारी गर्नु पर्नेमा जोड दिएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
पौडेलले राष्ट्रियसभा गठन नभईकन प्रतिनिधिसभाले पूर्णता नपाउने सञ्चारकर्मीलाई बताए। विवाद समाधानका लागि छलफललाई निरन्तरता दिइने बैठकबाट बाहिरिएका नेताहरुले बताएका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...