नेपाली भाषामा ड्राईभर लाईसेन्स लिन अमेरिका हस्ताक्षर अभियान शुरु

अमेरिका,
अमेरिकाको क्यालिफोनिया राज्यमा आफ्नै मातृ भाषा नेपालीमा ड्राईभर लाईसेन्स परिक्षा दिन पाउनुपर्ने माग गर्दै हस्ताक्षर अभियान शुरु भएको छ । गैरआवासिय नेपाली संघ अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक गौरी जोशीले क्यालिफोनियाका नेपालीहरुले शुरु गरेको हस्ताक्षर अभियानमा सहभागी हुन अमेरिकामा रहेका नेपाली भाषी समुदायलाई अपिल गरेका छन । क्षेत्रिय संयोजक जोशीले एक प्रेश विज्ञप्ति जारी गर्दै अमेरिकामा बस्ने सबैले हस्ताक्षर अभियानमा सहभागी भै अधिकार प्राप्तिको लागि ऐक्यवद्दता प्रकट गरिदिनुहुन अनुरोध गरेका छन । यस अघि पनि यसैगरी गरिएको प्रयास स्वरुप मेरिल्याण्डमा नेपाली भाषाबाटै ड्राईभर लाईसेन्सको परिक्षा दिन पाउने नियम बनेको जोशीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस हस्ताक्षर अभियानमा हस्ताक्षर गर्न धधध।अजबलनभ।यचन मा गएर अमेरिकामा बस्ने नेपालीले हस्ताक्षर गर्न सक्नेछन ।
मेरिल्याण्ड राज्यमा नेपाली भाषामा ड्राईभर लाईसेन्सको परिक्षा दिन पाउने कानुन बनी सकेपछि नेपाली समुदाय बढी रहेको राज्य क्यालिफोनिया र टेक्सासमा पनि सो अभियान थालिएको हो । क्यालिफोनियामा रहेका नोपलीहरुले हस्ताक्षर अभियानलाई सफल बनाउन विभिन्न तहमा समिति बनाई सक्रिय रहेका छन ।
क्यालिफोनियाको लस एन्जल्स र सान फ्रान्सिस्कोमा एक लाख नेपाली बसोबास गर्ने अनुमान गरिएको छ । भुट्नीज् नेपाली अमेरिकन, नेपाली र नेपाली मुलका नेपाली अमेरिकन तथा अमेरिकामा बस्ने सबै व्यक्तिले यो अभियानमा हस्ताक्षर गर्न सकिने क्षेत्रिय संयोजक जोशीले बताए । यो अभियानलाई सफल बनाउन अमेरिकामा रहेका विभिन्न स्थानीय संघ सस्थाहरु सक्रिय रहेका छन ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...