नेपाली भाषामा ड्राईभर लाईसेन्स लिन अमेरिका हस्ताक्षर अभियान शुरु

अमेरिका,
अमेरिकाको क्यालिफोनिया राज्यमा आफ्नै मातृ भाषा नेपालीमा ड्राईभर लाईसेन्स परिक्षा दिन पाउनुपर्ने माग गर्दै हस्ताक्षर अभियान शुरु भएको छ । गैरआवासिय नेपाली संघ अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक गौरी जोशीले क्यालिफोनियाका नेपालीहरुले शुरु गरेको हस्ताक्षर अभियानमा सहभागी हुन अमेरिकामा रहेका नेपाली भाषी समुदायलाई अपिल गरेका छन । क्षेत्रिय संयोजक जोशीले एक प्रेश विज्ञप्ति जारी गर्दै अमेरिकामा बस्ने सबैले हस्ताक्षर अभियानमा सहभागी भै अधिकार प्राप्तिको लागि ऐक्यवद्दता प्रकट गरिदिनुहुन अनुरोध गरेका छन । यस अघि पनि यसैगरी गरिएको प्रयास स्वरुप मेरिल्याण्डमा नेपाली भाषाबाटै ड्राईभर लाईसेन्सको परिक्षा दिन पाउने नियम बनेको जोशीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस हस्ताक्षर अभियानमा हस्ताक्षर गर्न धधध।अजबलनभ।यचन मा गएर अमेरिकामा बस्ने नेपालीले हस्ताक्षर गर्न सक्नेछन ।
मेरिल्याण्ड राज्यमा नेपाली भाषामा ड्राईभर लाईसेन्सको परिक्षा दिन पाउने कानुन बनी सकेपछि नेपाली समुदाय बढी रहेको राज्य क्यालिफोनिया र टेक्सासमा पनि सो अभियान थालिएको हो । क्यालिफोनियामा रहेका नोपलीहरुले हस्ताक्षर अभियानलाई सफल बनाउन विभिन्न तहमा समिति बनाई सक्रिय रहेका छन ।
क्यालिफोनियाको लस एन्जल्स र सान फ्रान्सिस्कोमा एक लाख नेपाली बसोबास गर्ने अनुमान गरिएको छ । भुट्नीज् नेपाली अमेरिकन, नेपाली र नेपाली मुलका नेपाली अमेरिकन तथा अमेरिकामा बस्ने सबै व्यक्तिले यो अभियानमा हस्ताक्षर गर्न सकिने क्षेत्रिय संयोजक जोशीले बताए । यो अभियानलाई सफल बनाउन अमेरिकामा रहेका विभिन्न स्थानीय संघ सस्थाहरु सक्रिय रहेका छन ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...