सरकारको नेतृत्व आलोपालो हुने दाहालको भनाइ

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकारको नेतृत्व दुई दलका नेताले आलोपालो गर्ने सहमति भएको बताएका छन् ।
प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले पूर्व सहमतिअनुसार नयाँ सरकारको नेतृत्व एमाले र माओवादी केन्द्रका नेताले आलोपालो गर्ने उल्लेख गरेका हुन् ।
वाम गठबन्धनको तयारी हुँदा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको भन्दै दाहालले भने– ँसरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएकै हो । बाँकी कुरा पार्टी एकता संयोजन समितिको बैठक बसेपछि टुंगो लाग्नेछ ।”
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले राष्ट्रियसभा गठनका लागि समानुपातिक प्रणाली अपनाउने चलन अन्तर्राष्ट्रिय रुपमा विद्यमान रहेको उल्लेख गरे ।
प्रतिनिधिसभा र राष्ट्रियसभा अलग–अलग विषय भएकाले सरकार गठन गर्नका लागि यसले कुनै असर नगर्ने धारणा राखे ।
राष्ट्रियसभामा २२ जना महिला ९३७।५प्रतिशत० आउने सुनिश्चित रहेको र प्रतिनिधिसभामा सबै पार्टीले आफ्नोतर्फबाट ३३ प्रतिशत पुर्‍याउने भएकाले सरकार गठन गर्न कुनै बाधा नहुने स्पष्ट पारे ।