सुरेनको निर्देशनमा अस्ट्रेलियाबाट अर्को प्रेम कथा

काठमाडौं– अस्ट्रेलियामा निर्माण भएको एउटा रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अस्ट्रेलियामै बसोबास गरिरहेका गायक प्रदीप रानाभाटको शब्द, संगीत तथा स्वरको ‘प्रेममा परेछु…’ शीर्षकको उक्त मोर्डन लभ सङको भिडियोको निर्देशन सुरेन श्रेष्ठले गरेका हुन् । सुरेन अस्ट्रेलियामा सुरेन्स फोटोग्राफीको नामले स्थापित छन् । रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।
स्याट प्रो ईन्टरटेन्मेन्टले निर्माण गरेको म्युजिक भिडियोका गीतका शब्दहरु झैं रोमान्टिक बनेको छ । अस्ट्रेलियाका आकषृक लोकेशनमा छायांकन गरिएको भिडियोमा गायक प्रदीप रानाभाट तथा सपना रानाभाटले अभिनय गरेका छन् । भिडियोमा उनीहरुको जोडी वास्तवमै रोमान्टिक देखिएको छ ।
टेक बयलकोटीद्वारा छायांकन तथा सम्पादन गरिएको उक्त भिडियोको कलर करेक्सन भने काठमाडौंमा गरिएको हो । मोक्ष प्रोडक्सनका प्रवीण श्रेष्ठले भिडियोमा कलर करेक्सन गरेका छन् । पूनम तथा रायन निर्माता रहेको भिडियोलाई हाइलाइट्स नेपालको यूट्युब च्यालनमार्फत सार्वजनिक गरिएको हो ।
यस्तो छ प्रेममा परेछुको म्युजिक भिडियो

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...