पुनः मतगणनाको माग गर्दै चौधरीद्वारा सर्वोच्चमा मुद्दा

काठमाडौं– सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदारसँग पराजित एमाले उम्मेदवार भगवती चौधरीले पुनःमतगणनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन् ।
वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी चौधरी नेपाली कांग्रेसका गच्छदारसँग ३२१ मतान्तरले पराजित भएकी थिइन् ।
निर्वाचित भएका विजयकुमार गच्छदारले निर्वाचन आचारसंहिता विपरीत लतपत्तिएको र बदर मत समेत रुख चिन्ह्मा गणना गर्न लगाएको हुँदा पुनः मतगणना गर्नुपर्ने माग चौधरीले गरेकी छन् ।
मतगणनाको १९ औं लटमा नौ वटा अर्धकट्टीसहितको मतपत्र पाइएको तर निर्वाचन अधिकृतले सिरियल नम्बर हेर्न समेत नदिएको मुद्दामा उल्लेख गरिएको छ ।
त्यस्तै, पाँच वटा मतदान केन्द्रका रुख चिह्नमा स्वस्तिक छाप फरक रहेको मतपत्र भेटिएको र त्यसलाई पनि सदर गरिएको तथा सूर्य चिह्नमा लागेको स्वस्तिक छापको घेरा स्पष्ट रहँदा रहँदै बदरमा गणना गरिएको मुद्दामा उल्लेख छ ।
सुनसरी–३ बाट गच्छदार ३८,९७२ मत प्राप्त गरी निर्वाचित भएका छन् भने चौधरीले ३८,६५१ मत प्राप्त गरेकी छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...