कफीबाट चल्ने बस

कफीको फोहोरबाट निकालिएको तेल प्रयोग गरी यात्रुबस गुडाइएको छ । बेलायतको लण्डनमा कफीको तेलबाट केही सार्वजनिक बस गुडाउन थालिएको हो । कफी पसल, सुपरमार्केट तथा कफी उद्योगहरुमा खेर गई फोहोरको रुपमा परिणत भएको कफीको फोहोरलाई प्रशोधन गरी निकालिएको तेललाई जैविक इन्धनको रुपमा गाडीमा प्रयोग गरिएको हो । अहिले यो प्रारम्भिक परीक्षणको चरणमा रहेको छ । लण्डनस्थित टेक्नोलोजी फर्म बायो बिन लिमिटेडका अनुसार एक वर्षमा एउटा बसलाई उर्जा प्रदान गर्नका लागि पर्याप्त मात्रामा कफीको उत्पादन गरिएको छ । ट्रान्सपोर्ट फर लण्डन (टिएफएल) सार्वजनिक सवारी साधनबाट हुने उत्सर्जन घटाउनका लागि जैविक इन्धनको बढीभन्दा बढी प्रयोग गर्ने दिशातर्फ अघि बढिरहेको छ । बायो बिनका अनुसार, बेलायतको लण्डनबासीले एक वर्षमा २ लाख टन कफीको फोहोर निकाल्छन् । कम्पनीले कफी पसल तथा कफी उद्योगहरुबाट कफीको फोहोर जम्मा गर्दछ र आफ्नो कारखानामा यसबाट तेल निकाल्छ । त्यसपछि त्यसलाई डिजेलमा मिसाएर बी ट्वान्टी जैविक इन्धनमा परिणत गरिन्छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...