विराटनगरलाई ईपिएलको उपाधि

काठमाडौं– एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि साविक विजेता विराटनगर वारियर्सले जितेको छ । शनिवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा भैरहवा ग्लाडिएटर्सलाई एक रनले पराजित गर्दै उपाधि जितेको हो । १५० रनको लक्ष्य पछ्याएको भैरहवाले २० ओभरमा १४८ रन मात्रै बनाउन सक्यो ।
अन्तिम दुई ओभरमा ११ रन आवश्यक भएको बेला विराटनगरका कप्तान पारश खड्काले १९ औं ओभरमा दुई विकेट लिएर दुई रनमात्रै दिएपछि भैरहवा दवावमा आएको थियो । अन्तिम ओभरमा भैरहवालाई जितका लागि ९ रन आवश्यक हुदा ७ रन मात्रै बनाउन सक्यो । विराटनगरका अनिल शाहले दुई विकेट लिएर ७ रनमात्रै दिए ।
भैरहवाका लागि कप्तान भेषवाकरले ५२, सालुन्केले ३० र आरिफ शेखले २७ रन बनाएका थिए । विराटनगरका लागि कप्तान खड्काले तीन, अनिल साह र किरण केसीले दुई–दुई विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले ७ विकेट गुमाउदै १४९ रन बनाएको थियो । विराटनगरका लागि अंशुमन रथले ४१, कप्तान पारश खड्काले २७, हरिशंकर शाहले २२ र प्रनित थापाले १४ रन बनाएका थिए ।
भैरहवाका लागि पुनित मिश्र र कृष्ण कार्कीले दुईरदुई तथा कप्तान शरद भेषवाकर र आरिफ शेखले एकरएक विकेट लिएका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...