अमेरिकाबाट आयो गीतकार अम्बिका गुरुङको मोहनी

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– अमेरिका निवासी गीतकार अम्बिका गुरुङका रोमान्टिक शब्दहरुको नयाँ गीत मोहनी…को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा लोकप्रिय गायिका ईन्दिरा जोशीको सुमधुर स्वर सुन्न सकिन्छ । पप शैलीको उक्त गीतमा संगीतकार महेश ज्ञवालीको संगीत निर्देशन छ । शैलेन्द्र बाबु प्रधानद्वारा संगीत संयोजन गरिएको उक्त गीत रेबल स्टुडियोमा रेकर्ड गरिएको हो ।

अमेरिकाका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोको निर्देशन अमेरिकमै बसाबास गर्ने निर्देशक अनिशा के क्षेत्रीले गरेकी हुन् । भिडियोमा दीप गुरुङ तथा सुनिक्षा मैनालीले अभिनय गरेका छन् । भिडियोमा दीपले प्रेमिकालाई वेवास्ता गर्ने भूमिका निर्वाह गरेका छन् भने सुनिक्षाले भने प्रेमिलाई फकाउने शैलीको अभिनय गरेकी छिन् ।
सुशिल न्यौपानेद्वारा सम्पादन गरिएको उक्त भिडियोलाई टकिज प्रो तथा रचना पाण्डे जाफरले छायांकन गरेका हुन् । मधु ज्ञवालीको संयोजनमा तयार पारिएको उक्त भिडियोलाई एशियन म्युजिकको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।


यस्तो छ मोहनीको म्युजिक भिडियो

https://youtu.be/sLGafTnvfWI