राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजनामा काठमाडौंमा दुई दिने दोस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुल कन्ट्याक्ट कराँते प्रतियोगिता–२०७४ सम्पन्न भएको छ ।
प्रतियोगितामा २५ के.जी., ३० के.जी., ३५ के.जी.,४० के.जी., ४५ के.जी., ५० के.जी., ५५ के.जी तथा खुल्ला तौल समुहमा पुरुष जम्मा १६० तथा ४० के.जी., ४५ के.जी., ५० के.जी. तथा खुल्ला तौल समुह महिला जम्मा ५५ जनाको छुट्टा–छुट्टै गरी १२ समुहमा विभाजन गरी नेपाल भरीबाट जम्मा २ सय १५ जना खेलाडीहरुले सहभागिता जनाएका थियो ।
उक्त प्रतियोगितामा पु्रुष खुल्ला तौल समूहमा काभ्रेका अच्यूत अधिकारीले काभ्रेकै सन्देश मानन्धरलाई हराई स्वर्ण पदक हातपार्न सफल भए । त्यसैगरी ५५ के.जी.मा सुवास लिम्बु (काभ्रे), ५० के.जी.मा सरोज तामाड, ४५ के.जीमा विशाल लामा (सिन्धुपाल्चोक), ४० के.जीमा विकास महर्जन (ललितपुर), ३५ के.जीमा निरज तामाङ्ग, ३० के.जी.मा समिर बुढाथोकी (काभ्रे) तथा २५ के.जी.मा स्वस्तिक लम्साल (खोटाङ्ग) द्वारा प्रतियोगिताको स्वर्ण पदक हासिल गर्न सफल भएका छन् ।
त्यसैगरी महिला खुल्ला तौल समूहमा शिवानी श्रेष्ठ (ललितपुर), ५० के.जी.मा आरती तामाङ्ग (काभ्रे), ४५ के.जी.मा नबिना लामा (काठमाण्डौ), ४० के.जीमा प्रतिक्षा भुजेल (काभ्रे) द्धारा प्रतियोगिताको स्वर्ण पदक हासिल गरेका छन् ।
पुरुष खुल्ला तौल समूहमा सन्देश मानन्धर, ५५ के.जी.मा निश्चल श्रेष्ठ, ५० के.जी.मा सजिन योञ्जन, ४५ के.जी.मा मनित भुजेल, ४० के.जी.मा सुमन तामाङ्ग, ३५ के.जी.मा सनम राई, ३० के.जी.मा सुप्रिम बादे, २५ के.जी.मा प्रशान्त योञ्जन तथा महिला खुल्ला तौल समूहमा सबिना निरौला, ५० के.जी.मा सुनिता देउजा, ४५ के.जी.मा सुमिना लिम्बु, ४० के.जीमा अनुषा भुजेलद्वारा रजत पदक हासिल गरेका थिए ।
खुल्ला तौल समूहमा सन्तोष कुमार गुप्ता, ५५ के.जी.मा अर्जुन तामाङ्ग, ५० के.जी.मा पारस शाही, ४५ के.जी.मा राजकुमार थिङ, ४० के.जीमा मन्दिप भुषाल, ३५ के.जी.मा अरुण नगरकोटी, ३० के.जी.मा कर्सल लुङ्गवा, २५ के.जी.मा पासाङ्ग लामा तथा महिला खुल्ला तौल समूहमा सुनिता थिङ, ५० के.जी.मा लस्सु पाख्रिन, ४५ के.जी.मा सुजिता श्रेष्ठ, ४० के.जी.मा सल्मा लकन्रीले कास्य पदक हासिल गरेका थिए ।
उत्कृष्ट पुरुष खेलाडीहरुमा खुल्ला तौल समूहमा अभिनाष श्रेष्ठ, ५५ के.जी.मा शिव नारायण सरदार, ५० के.जी.मा शिव तामाङ्ग, ४५ के.जी.मा रुकेश मकै श्रेष्ठ, ४० के.जी.मा शुसिल कुँवर, ३५ के.जी.मा सरिफ भुजेल, ३० के.जी.मा पुजन नगरकोटी, २५ के.जी.मा प्रतिक तामाङ तथा महिला खुल्ला तौल समूहमा श्रृजना तामाङ्ग, ५० के.जी.मा प्रतिमा पोटे, ४५ के.जी.मा मोनिका राई, ४० के.जी.मा दिलाशा थापामगर विजयी भएका थिए ।
काभ्रे जिल्लाबाट ७ स्वर्ण, ७ रजत, ४ कास्य तथा ३ उत्कृट हासिल गरी बेस्ट टिममा काभ्रे जिल्ला घोषित हुनुको साथै नेपालभरीको डोजोहरु मध्ये उत्कृष्ट प्रशिक्षकहरुमा काभ्रे जिल्लाका तुलसीराम श्रेष्ठ तथा काठमाण्डौ जिल्लाका राजकृष्ण श्रेष्ठ घोषित भएका छन् ।
समापन तथा पुरस्कार बितरण समारोहमा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद् सदस्य उपेन्द्र पौडेल, प्रतियोगिताका आयोजक नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघका अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठ, विशिष्ट अतिथी मानार्थ नेपाल ओलम्पिक कमिटिका अध्यक्ष धु्रव वहादुर प्रधान, विशिष्ट अतिथी प्रो.डा.शिवशरण महर्जन, विशिष्ट अतिथी रा.खे.प.सदस्य सचिव शालिकराम खड्का, एन.एफ.एच.का प्रमुख तथा संघका सल्लाकार समाजसेवी हेमा मानन्धरद्धारा विजयी खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो भने केन्द्रिय संघका अध्यक्ष तथा ब्रान्चचिफ सिहान अशोक कुमार श्रेष्ठद्धारा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद् सदस्य उपेन्द्र पौडेल लगायत विशिष्ट अतिथी, अतिथी, जुरी, निर्णायक तथा सहयोगकर्ता महानुभावहरुलाई मायाको चिनो तथा कदरपत्र प्रदान गरिएको नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको अध्यक्ष तथा ब्रान्च चिफ सिहान अशोक कुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।