आज माघे संक्रान्ति

काठमाडौं– तरुल, तीलेको लड्डु, चाकु,घीउ जस्ता पोषिलो खाद्य पदार्थ खाँदै आज माघे संक्रान्ति पर्व मनाइँदै छ । नेवार समुदायमा भने यी खाद्य पदार्थहरुको साथै सम्येबजी,च्यौरा, पोलेको मासु, साँधेको कालो भट्मास, अदुवा र रक्सी र माछाको सिद्रा खाने गरिन्छ ।
गाउँघरमा भने घिउ, चाकु, अघिल्लो दिनमा उसिनेको तरुल, मासको फुलौराको साथै मास र चामल बराबर मिसाई घिउ हालेर पकाएको खिचडी खाने चलन छ । मिथिला क्षेत्रमा भने बिहान देवीदेवताको पूजा अर्चना गरिसकेपछि तील, चामल र सखर मिलाएर आमाबाबुले छोराछोरीलाई प्रसादको रुपमा दिने र छोराछोरीहरुले पनि ती बस्तुहरु ग्रहण गरी आमाबाबुको परन्तुसम्म सेवागरी पाल्ने बाचा गर्दै खाने चलन छ ।
तराई भेकमा थारु समुदायमा यो पर्वलाई नयां वर्ष प्रारम्भको भएको दिनको रुपमा मनाइने गर्दछन् । यस दिनलाई उनीहरु कमैयाबाट मुक्त हुने स्वतन्त्र दिवशको रुपमा पनि मनाउने गर्दछन् ।
आजको दिनदेखि सूर्य मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकोले मकर संक्रान्ति पनि भनिने गरिन्छ । देवताहरुका लागि उत्तरायणी दिन र दक्षिणायणी रात हुने भएकाले सूर्य उत्तरायणी हुने समयमा मानिसहरुले मरण यसै समयमा हुने इच्छा गर्दछन् । स्वेच्छा मरणको वरदान पाएका गंगापुत्र भीष्म महाभारतको युद्धमा घाइते भई मुत्युको शैयामा रहन्दा मरणको लागि सूर्य उत्तरायणीलाई पर्खेको महाभारतमा वर्णन छ ।
यो पर्वमा जीउभरि तेल घसेर दिनभरि घाम ताप्ने चलन छ र परिवारका मुली वा आमाले आफ्नी छोराछोरीहरुलाई तालुमा तेल हाली दिने गरिन्छ ।
यो पर्वमा नदीका दोभान परेका देउघाट, शंखमूल, टेकुदोभान, पनौती दोलालघाट आदिजस्ता पवित्र तिर्थस्थलमा स्नान गर्ने गरिन्छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...