आज माघे संक्रान्ति

काठमाडौं– तरुल, तीलेको लड्डु, चाकु,घीउ जस्ता पोषिलो खाद्य पदार्थ खाँदै आज माघे संक्रान्ति पर्व मनाइँदै छ । नेवार समुदायमा भने यी खाद्य पदार्थहरुको साथै सम्येबजी,च्यौरा, पोलेको मासु, साँधेको कालो भट्मास, अदुवा र रक्सी र माछाको सिद्रा खाने गरिन्छ ।
गाउँघरमा भने घिउ, चाकु, अघिल्लो दिनमा उसिनेको तरुल, मासको फुलौराको साथै मास र चामल बराबर मिसाई घिउ हालेर पकाएको खिचडी खाने चलन छ । मिथिला क्षेत्रमा भने बिहान देवीदेवताको पूजा अर्चना गरिसकेपछि तील, चामल र सखर मिलाएर आमाबाबुले छोराछोरीलाई प्रसादको रुपमा दिने र छोराछोरीहरुले पनि ती बस्तुहरु ग्रहण गरी आमाबाबुको परन्तुसम्म सेवागरी पाल्ने बाचा गर्दै खाने चलन छ ।
तराई भेकमा थारु समुदायमा यो पर्वलाई नयां वर्ष प्रारम्भको भएको दिनको रुपमा मनाइने गर्दछन् । यस दिनलाई उनीहरु कमैयाबाट मुक्त हुने स्वतन्त्र दिवशको रुपमा पनि मनाउने गर्दछन् ।
आजको दिनदेखि सूर्य मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकोले मकर संक्रान्ति पनि भनिने गरिन्छ । देवताहरुका लागि उत्तरायणी दिन र दक्षिणायणी रात हुने भएकाले सूर्य उत्तरायणी हुने समयमा मानिसहरुले मरण यसै समयमा हुने इच्छा गर्दछन् । स्वेच्छा मरणको वरदान पाएका गंगापुत्र भीष्म महाभारतको युद्धमा घाइते भई मुत्युको शैयामा रहन्दा मरणको लागि सूर्य उत्तरायणीलाई पर्खेको महाभारतमा वर्णन छ ।
यो पर्वमा जीउभरि तेल घसेर दिनभरि घाम ताप्ने चलन छ र परिवारका मुली वा आमाले आफ्नी छोराछोरीहरुलाई तालुमा तेल हाली दिने गरिन्छ ।
यो पर्वमा नदीका दोभान परेका देउघाट, शंखमूल, टेकुदोभान, पनौती दोलालघाट आदिजस्ता पवित्र तिर्थस्थलमा स्नान गर्ने गरिन्छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...