हल्लाको पछि नलाग्न एनआरएनको आग्रह

एनआरएनए सबै सदस्यहरुको भावना र मर्म बुझेर काम गर्ने
-- नेपाली टाईम्स अस्ट्रेलिया ?>

काठमाडौं– हालै केही अनलाइन मिडियाले समाचारमार्फत फैलाइएको अफवाहप्रति ध्यानाकर्षित हुँदै एनआरएनए आईसीसीले एक प्रेस विज्ञप्ती जारी गरेको छ । गैरआवसीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको तर्फबाट प्रवक्ता भूषण घिमिरेले प्रेस विज्ञप्ती जारी गर्दै एनआरएनका पछिल्ला गतिविधिहरु उल्लेख गरेका छन् ।
प्रवक्ता भुषण घिमिरेका अनुसार पछिल्लो तीन महिनाको अवधिमा एनआरएनएले थुप्रै रचनात्मक कार्यहरु गर्दै आइरहेको छ । घिमिरेद्वारा जारी विज्ञप्तीमा भनिएको छ- ‘हाम्रो वर्तमान कार्यसमितिले कार्यभार सम्हालेको करिव तीन महिना हुन लागेको छ । संसारभर छरिएर रहेको र दिनानुदिन विस्तार हुँदै गैरहेको हाम्रो गैरआवासीय नेपाली संघलाई विधानत तोकिएका पदहरुको परिपूर्ति, विभिन्न समिति तथा टास्क फोर्सहरुको निर्माण र नेपालस्थित सचिवालयलाई बढी भन्दा बढी सक्षम र चुस्त बनाउनु लगायतका आन्तरिक कामहरुमा हाम्रो यो अवधिको बढी समय खर्च भैरहेको छ । अब यी कामहरु मुलत: सकिएका छन् । संस्थाको विस्तारसँगै संस्थामा गर्नु पर्ने चयन र मनोनयन पनि जटिल बन्दै गैरहेको महशुश हामी सबैले गरेकै विषय हो । त्यसकारण आफूले सोचेको ठाउँ अथवा पदमा रहेर काम गर्ने सबैको अपेक्षा पुरा नभएका हुन सक्छन् तर अभियान साझा र निरन्तर अघि बढ्ने विषय भएकाले हामी सबै एकजुट भएर अगाडि बढ्न सबैमा हार्दिकतापूर्वक अनुरोध गर्दछौं ।’
विज्ञप्तीमा भनिएको छ –‘यतिखेर हाम्रो ध्यान संघले अघि बढाएका र पुरा हुन बाँकी रहेका आयोजनाहरुलाई सम्भव भएसम्म छिटो सम्पन्न गरेर हस्तान्तरण तथा उपयोग गर्ने तर्फ केन्द्रित छ । यसका लागि अध्यक्षज्यूको नेतृत्वमा संघका पदाधिकारीहरु सहितको टोली लागिपरेको छ र कामहरुलाई द्रुत गतिमा अघि बढाइरहेको छ । अब विभिन्न समिति र टास्क फोर्सहरुले काम सुरु गरेपछि नयाा कामहरुले पनि गतिलिने विश्वास हामीले लिएका छौं ।’
पूर्व कार्यकालमा अधुरो रहेका लाप्राक नमुना बस्ती, संघको सचिवालय भवन तथा संखमुल पार्क निर्माणमा विशेष जोड दिएको विज्ञप्तीमा उल्लेख छ । संघको पहिलो प्रत्यक्ष बैठकमा नै ती आयोजनाहरुका ठेकेदार, परामर्शदाता सहित सम्बन्धित पक्षलाई निम्त्याएर कार्यकारी निर्देशकसंगै यी तीन वटै आयोजनाहरुका गतिबिधि अध्ययन गरिएको थियो । यी तीनवटै आयोजनाहरु अध्यक्ष्यको नेतृत्वमा अघि बढिरहेको तथा ती सबै प्रोजेक्टहरुको स्टेरिंग कमिटी गठन भइ तदारुकताका साथ कार्य संचालन भइरहेको समेत विज्ञप्तीमा उल्लेख छ ।
लाप्राक नमूना वस्ती निर्माणका लागि अध्यक्षज्यूकै पहलमा नेपाली सेनाका ५० जवान बढाउने काम भएको छ र हाल प्रयोग भैरहेका निर्माण सामग्रीहरुमा थप सुधार गर्दै कामलाई द्रुत गतिमा अघि बढाइएको प्रसंग पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
महिला उपाध्यक्ष सपिला राजभण्डारीले यो आयोजनाको संयोजन गरिरहनु भएको बताइएको छ । सचिवालय भवन निर्माणको काममा कामदार संख्या बढाएर थप गति प्रदान गरिएको, सकेसम्म छिटो निर्माण कार्य सम्पन्न गरी आफ्नै भवनबाट सचिवालयको कार्य सम्पादन गर्ने दिनको प्रतीक्षामा वर्तमान कार्यसमिति रहेको, सचिवालय भवनको संयोजन उपाध्यक्ष कुमार पन्तले गरिरहनु भएको तथा गैरआवासीय नेपाली संघले निर्माण गरिरहेको शंखमुल पार्कमा प्रयोग भैरहेका सामग्रीहरुको गुणस्तर कमसल देखिएकाले स्तरीय र मजबुत सामग्रीहरुको प्रयोग गरेर बनाउन संघले निर्देशन दिएको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ –‘शंखमुल पार्कको संयोजन उपाध्यक्ष कुल आचार्यले गरिरहनु भएको छ । यो काम पनि आगामी केही महिना भित्रै सम्पन्न हुादैछ । यी तीन ठूला आयोजनाहरुमा विगतमा संघका तर्फबाट सुपरिवेक्षण गर्ने प्राविधिक जनशक्तिको अभाव देखिएकाले संघकै तर्फबाट आन्तरिक प्राविधिक इन्जिनियर समेत व्यवस्था गरी अहिले उहााकै निरिक्षणमा काम भैरहेको छ ।’
संघको कार्यालय साँधुरो देखिएको र त्यही स्थानमा थप ठाउँ नभएकाले कर्मचारीहरु सहितको आग्रह अनुसार सार्नु पर्ने निचोडमा पुगेर कार्यकारी सचिवालयको निर्णय अनुसार र्निर्माणाधिन भवनको अनुगमनका लागि पनि सहज हुने गरी टेकुबाट गैरीधारामा सारिएको छ । महाभूकम्पको समयमा संघका तर्फबाट राहत वितरण कार्यक्रम संचालनको लागि पनि उक्त कार्यालय प्रयोग गरिएको थियो । अध्यक्षज्यूले उपलब्ध गराउनुभएको उक्त कार्यालय प्रयोग बापत संघले भाडा तिर्नु नपर्ने र संघलाई कुनै थप आर्थिक भार नपर्ने पनि जानकारी गराउन चाहन्छौं । विज्ञप्तीमा सचिवालयमा नयाँ कार्यकारी निर्देशक नियुक्त गरिएको विषय पनि उल्लेख गरिएको छ । डा. हेमन्त दवाडीलाई उक्त पदमा नियुक्त गरिएको छ ।